२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस ‘शत्रु’ देशहरूलाई खाद्यान्न आपूर्तिमा ‘अधिक विवेकी’ : पुटिन



फाईल फोटो
अ+ अ-

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस यस वर्ष खाद्यान्न निर्यातमा बढी विवेकी हुने बताएका छन् । उनले विशेषगरी रूसप्रति शत्रुतापूर्ण नीति अपनाइरहेका देशहरूप्रति खाद्यान्न निर्यातमा बढी विवेकी बन्ने बताएका हुन् ।

एक बैठकमा देशको कृषि क्षेत्रलाई सहयोग गर्ने उल्लेख गर्दै पुटिनले भने, “यस वर्ष विश्वव्यापी खाद्यान्न अभावको पृष्ठभूमिमा हामीले विदेशमा हाम्रो खाद्यान्न आपूर्तिमा अझ विवेकशील हुनुपर्छ । अर्थात् हामीसँग स्पष्टरूपमा शत्रुतापूर्ण देशहरूमा त्यस्ता निर्यातका मापदण्डहरू होसियारीपूर्वक अनुगमन गर्नुपर्छ ।”

उनका अनुसार बढ्दो उत्पादन मात्राले रूसमा खाद्यान्नको मूल्य विश्व बजारमा भन्दा कम छ भन्ने सुनिश्चित गर्न सम्भव बनाउँछ। “खाद्य आत्मनिर्भरता रूसको प्रतिस्पर्धात्मक लाभ हो र देशले आफ्ना जनतालाई विश्व खाद्य बजारमा मूल्य उतार–चढावबाट जोगाउनु पर्छ”, पुटिनले भने।

रूस विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातक हो। जुन ३०, २०२१ मा समाप्त भएको पछिल्लो कृषि वर्षमा रूसले तीन करोड ८४ लाख टन गहुँसहित चार करोड ९० लाख टन अन्न निर्यात गरेको इन्टरफ्याक्स समाचार एजेन्सीले बताएको छ । सिन्ह्वा