३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसको एक होटेलमा सुरक्षागार्ड मृत फेला



अ+ अ-

एजेन्सी । पेरिसको एक होटलमा नगदले भरिएको सेफ चोर्ने प्रयासमा रातको पहरेदार गरिरहेका एक सुरक्षागार्डको हत्या गरिएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।

स्थानीय समयअनुसार शुक्रबार राति ११ः३० बजे सेफ बेवारिसे अवस्थामा फेला परेपछि शहरको एक चोकबाट प्रहरीलाई जानकारी आएको र प्रहरीले घटनास्थल वरपर तलासी गर्दा होटेलमा उक व्यक्तिको शब वेबारिसे अवास्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सडकको नजिकैको एक होटलभित्र रात्रिकालिन सुरक्षाका लागि खटिएका एक गार्डको हत्या गरेको भेटिएको थियो । गार्डको शव ‘ओछ्यानमा सुतेको, बाँधिएको र धेरै चोटपटक लागेको’ अवस्थामा फेला पारिएको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार बालाक्लाभा लगाएका चार जना व्यक्तिले राति ९ः३० बजे तिर भ्यानमा सेफ लोड गर्न खोजेका सिसिटिभी क्यामरामा खिचिएको भिडियोमा देख्न सकिन्छ ।

प्रहरी स्रोतका अनुसार उक्त सेफमा होटलको महिनाभरको आम्दानी थियो ।

प्रहरी स्रोतका अनुसार करिब १० दिनअघि ‘डेलिभरी म्यान’ भएको दाबी गर्ने केही व्यक्तिले सेफ चोर्न खोजेका थिए ।

दक्षिणपूर्वी पेरिसको व्यस्त ‘प्लेस डे ला नेशन राउन्डअबाउट’मा ती व्यक्तिले प्रयोग गरेको भ्यानको मोटर गुडिरहेको अवस्थामा फेला परेको छ ।

अर्का एक प्रत्यक्षदर्शीले चार जना मानिस भ्यानबाट हामफालेर मेट्रोमा चढेको देखेको बताएका छन् ।

ती व्यक्ति’को मृत्युको अवस्था र घटनाक्रमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।