१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसको एक होटेलमा सुरक्षागार्ड मृत फेला



अ+ अ-

एजेन्सी । पेरिसको एक होटलमा नगदले भरिएको सेफ चोर्ने प्रयासमा रातको पहरेदार गरिरहेका एक सुरक्षागार्डको हत्या गरिएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।

स्थानीय समयअनुसार शुक्रबार राति ११ः३० बजे सेफ बेवारिसे अवस्थामा फेला परेपछि शहरको एक चोकबाट प्रहरीलाई जानकारी आएको र प्रहरीले घटनास्थल वरपर तलासी गर्दा होटेलमा उक व्यक्तिको शब वेबारिसे अवास्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सडकको नजिकैको एक होटलभित्र रात्रिकालिन सुरक्षाका लागि खटिएका एक गार्डको हत्या गरेको भेटिएको थियो । गार्डको शव ‘ओछ्यानमा सुतेको, बाँधिएको र धेरै चोटपटक लागेको’ अवस्थामा फेला पारिएको थियो ।

एक प्रत्यक्षदर्शीका अनुसार बालाक्लाभा लगाएका चार जना व्यक्तिले राति ९ः३० बजे तिर भ्यानमा सेफ लोड गर्न खोजेका सिसिटिभी क्यामरामा खिचिएको भिडियोमा देख्न सकिन्छ ।

प्रहरी स्रोतका अनुसार उक्त सेफमा होटलको महिनाभरको आम्दानी थियो ।

प्रहरी स्रोतका अनुसार करिब १० दिनअघि ‘डेलिभरी म्यान’ भएको दाबी गर्ने केही व्यक्तिले सेफ चोर्न खोजेका थिए ।

दक्षिणपूर्वी पेरिसको व्यस्त ‘प्लेस डे ला नेशन राउन्डअबाउट’मा ती व्यक्तिले प्रयोग गरेको भ्यानको मोटर गुडिरहेको अवस्थामा फेला परेको छ ।

अर्का एक प्रत्यक्षदर्शीले चार जना मानिस भ्यानबाट हामफालेर मेट्रोमा चढेको देखेको बताएका छन् ।

ती व्यक्ति’को मृत्युको अवस्था र घटनाक्रमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।