• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छः उपाध्यक्ष सापकोटा



काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गर्नुभयो ।

उहाँले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली जनता वामपन्थीहरुलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक पुनःगठनमा मलाई के लाग्छ भने वृहत वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा, वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन । हिजो हामीले पुनःगठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । त्यो विघटन भएको छ । आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी वृहत वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछाँै ।

भन्न त अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ । नेपाली जनता वामपन्थीहरुलाई रुचाउँछन् । वामपन्थीहरुलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन् । त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रुपमा वृहत वामपन्थी एकीकरणर कम्युनिष्ट पार्टीको पुनर्गठन । जस्तो विचार त्यस्तै राजनीतिक कार्यदिशा ।’

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहनुभएका सापकोटाले समाजवाद भनेको गरिबी नभइ सबैका लागि समृद्धि भएको बताउनु भयो ।