१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेबारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेबारी दिइएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गर्नुभएकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि पार्टी सभापति देउवाले खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।