२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा



अ+ अ-

काठमाडौँ । साताको अन्तिम दिन बिहीबारको कारोबारमा पनि नेप्से परिसूचक ओरालो लागेको छ ।

बिहीबार नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२४ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूह मध्ये ११ उपसमूहको सूचकमा गिरावट आएको छ भने २ वटा उपसमूहको वृद्धि भएको देखिएको छ । जसमा जीवन बीमा उपसमूहको सूचक २.५४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.०५ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि बिहिबार राष्ट्र उत्थान लघुवित्त र इमर्जीङ नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै नाइटेड इदी मर्दिको ९.९३ प्रतिशत,ग्रिन लाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५.५९ प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य ४.६७ प्रतिशतले घटेको छ भने सामलिङ्ग पावरको ४.६५ प्रतिशत, माउन्टेन हाइड्रोको ४.१६ प्रतिशतले घटेको छ ।

कारोबारको रकमको आधारमा बिहीबार जीवन विकास लघुवित्तको ३० करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।