२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ ९ देखि १८औँ नाडा अटो शो, भृकुटीमण्डपमा २०० स्टल



अ+ अ-

काठमाडौँ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ ।

नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ ।

अटो शोको यो १८औँ संस्करण हो । आयोजकका अनुसार प्रदर्शनीमा साना तथा ठूला गरी करिब २०० वटा स्टल रहनेछन् ।

प्रदर्शनीमा २२ ब्रान्डका प्यासेन्जर कार, १६ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १२ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् । त्यस्तै, ८ नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन् ।

नाडाका अनुसार अटो शोका लागि स्टल माग गर्ने व्यवसायीको संख्या उल्लेख्य रहेको छ । प्रदर्शनीस्थलमा उपलब्ध स्थान सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहने अटो शोले पछिल्लो समय सुस्त रहेको अटोमोबाइल बजारलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।