२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला



अ+ अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतिमध्ये पत्नी तिलकुमारीको शव फेला परेको छ । उनको शव आज ओखलढुङ्गामा फेला परेको हो ।

नदीमा सँगै हामफालेका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ पतिसँगै बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा फेला परेको हो ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा तिलकुमारीको शव फेला परेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो । केदारनाथको खोजी कार्य जारी छ ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । पराजुली दम्पत्तिले बुधबार साँझ नदीमा हामफालेको जानकारी पाएपछि सोही रातिदेखि नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयले खोजी कार्य जारी राखेका छन् । रासस