९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रः खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पेशलकुमार खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन गरेको छ । 

सोमबार बसेको पार्टीको स्थायी कमिटी बैठकले सो आयोग गठन गरेको हो ।

यस्तै बैठकले अनुशासन आयोगको अध्यक्ष टंक राईलाई बनाएको छ । उक्त कमिटी पनि २५ सदस्यीय बनाइएको छ । त्यसैगरी, १७५ जनाको विशेष कमिटी बनाइएको छ ।

विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा यसअघि नै माओवादी केन्द्रको निर्वाचन आयोग गठन भइसकेको छ ।

बैठकले १४९ जनाको सल्लाहकार समिति बनाएको छ । त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरिएको छ ।