९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु



अ+ अ-

विराटनगर । सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाले ज्यान गुमाएका छन् । 

अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको हो ।