१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

वर्षातले धानबाली नष्ट, किसान मारमा (भिडियो सहित)

वर्षातले धानबाली नष्ट, किसान मारमा (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । वर्षातका कारण कैलाली, कञ्चनपुरमा भित्राउन ठिक्क पारेको धानबाली नष्ट भएको छ । आइतवार रातीदेखीको अविरल वर्षाका कारण धान बाली सखाप भएपछि किसान चिन्तित वनेका छन् । किसानको धान वर्षाले भिजाएको र डुबाएको मात्रै होईन नदीले बगाएको समेत छ ।

विगत केही दिनदेखि परेको बेमौसमी वर्षात्का कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्राउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्राउने वेला अचानक अविरल वर्षा परेपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई मार परेको छ । किसान अङ्गुरा राना आफुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको र आफ्नो परिवारको बिचल्ली हुन लागेको बताउनुहुन्छ । त्यसैगरी आफुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएको किसान रतनबहादुर मल्लको भनाई छ ।

बर्षातका कारण कञ्चनपुरका सयौँ किसानको हजारौँ बिघा जमिनको धान भिजेको छ । घरमा भित्राउन ठिक्क पारेको धान भिजेपछि किसानहरु मर्माहत भएका छन् भने आगामी दिनमा भोकमरी हुने चिन्ताले किसानलाई सताएको छ । आगामी दिनमा पीडित किसानहरुका लागि खाद्यान्नको व्यवस्था गरिनुपर्ने र किसानलाई मल, बिउको व्यवस्थापन सरकारले गरिदिनुपर्ने किसान घनश्याम पन्त बताउनुहुन्छ ।

वर्षाले बालीमा क्षति पुर्‍याएपछि कृषि विकास निर्देशनालय दिपायलले मातहतका कार्यालय सँग समन्वय गरी किसानको अवस्था र वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्न टोली परिचालन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रको टोलीले कैलाली, कञ्चनपुरका किसानहरूको खेतमै पुगेर निरीक्षण गरेको छ । निरीक्षण टोलीमै रहेका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले वर्षाका कारण हजारौँ बिघाको धान नष्ट हुँदा अर्वाैको क्षति भएको बताउनुभयो ।

स्थानीय तहहरूले निरीक्षण र क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । विवरण सङ्कलन पछि आवश्यक क्षर्तीपूती र अनुदान उपलब्ध गराइने शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ । सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आँकलन गरिएको छ ।