१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित

पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि आचार्य सम्मानित
अ अ+ अ-

काठमाडौं ।  पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले आज विशेष समारोहका बीच नगद रु तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गर्नुभयो ।

भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गर्नुभएको उहाँका छोरा तथा गायक सत्यराज आचार्यले बताउनुभयो ।

गायक आचार्यले सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने अनुभव सुनाउनुभयो । 

त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि रु तीन लाख रहेको छ । उक्त पुरस्कार तथा सम्मानपत्र आख्यानकार दाहाललाई प्रतिष्ठानका तर्फबाट पोखरेलले प्रदान गर्नुभयो ।

आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षको कथा भएको र आगामी दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा पनि निरन्तर लाग्ने प्रतिबद्धत्ता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस – ‘मोक्षभूमि’लाई यस वर्षको पद्मश्री पुरस्कार , भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान
  
गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले उक्त प्रतिष्ठानमार्फत विसं २०६३ देखि उक्त सम्मान र पुरस्कार प्रदान गर्दै आएको र आगामी वर्षबाट रु तीन लाख राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताउनुभयो ।

प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमामा उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको र शक्ति, सत्ता, सम्पत्ति र जागिरभन्दा साहित्य साधना ठूलो भएको लेखकसमेत रहनुभएका लामिछानेको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गर्नुभयो । आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

कार्यक्रममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तयार गरेको महेश पौडेलद्वारा अनुदित ‘सेलेक्टेड नेपाली स्टोरिज’ नामक पुस्तकको साहित्यकारद्वय ध्रुवचन्द्र गौतम र खगेन्द्र सङ्ग्रौलाले सार्वजनिक गर्नुभएको थियो । उक्त समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले ‘साहित्यकारदेखि सत्तासम्म’ विषयक विद्वत् प्रवचन दिँदै साहित्यकार पनि सत्तामा पुगेको तर उनीहरु कोमल हृदयका हुन्छन् भन्ने कुरा आफूलाई विश्वास नलागेको बताउनुभएको थियो । रासस