१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

‘खेलका बेला मात्रै खेलाडीलाई राष्ट्रका गहना भन्ने, अरु बेला घर फर्काइदिने परिपाटी उचित होइन’

‘खेलका बेला मात्रै खेलाडीलाई राष्ट्रका गहना भन्ने, अरु बेला घर फर्काइदिने परिपाटी उचित होइन’
अ अ+ अ-

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ । 

आईतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताउनुभएको हो । 

उहाँले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताउनुभयो । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताउनुभयो । 

उहाँले नेपालीहरु कसैको कहिल्यै अधिनमा नबसेको र वीर गोर्खालीहरुको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिनुभयो ।

खेलकुद मन्त्री गहतराजले भन्नुभयो, ‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रश्तुत हुनुपर्छ, आत्मविश्वासकासाथ प्रश्तुत हुनुपर्छ,किनभने हाम्रो इतिहास र विरासत त्यो छ, त्यो अनुसार हामी प्रश्तुत हुनुपर्छ। म सबै खेलाडी, कोचहरुलाई उच्च मनोबलकासाथ प्रश्तुत हुनुहोस्, उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरुको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँ पनका साथ काम गर्छौं, खेलको बेलामात्रै राष्ट्रका गहना भन्ने खेल सकेपछि घर फर्काइदिने कसरी हामी अगाडि बढ्न सक्छौँ ।’

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गर्नुभयो । उहाँले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताउनुभयो । 

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरुलाई मन्त्री गहतराजले खादा र अविर लगाएर विदाइ गर्नुभएको हो । जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमवार बंगलादेश प्रस्थान गर्नेछन् ।