१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश



अ+ अ-

 काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो ।

काउन्सिलका अध्यक्ष बस्नेतले पदबाट हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले प्रारम्भिक सुनुवाइबाटै स्पष्टीकरणको कार्यान्वयन नगर्न भनेको छ ।

प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्धन्यायिक निकाय भएकाले त्यसको काम कारबाहीमा सरकारी हस्तक्षेप अमान्य हुने आदेशमा भनिएको छ । बस्नेतलाई यसअघिको सरकारले चार वर्षका लागि काउन्सिलमा अध्यक्ष पदमा नियुक्त गरेको थियो ।




भर्खरै