१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली(भिडियोसहित)

परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्छ: अध्यक्ष ओली(भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताउनु भएको छ । 

प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने विषयमा बहस केन्द्रित भईरहँदा पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरु सबैले सामूहिक रुपमा राजीनामा दिन उपयुक्त हुने धारणा राख्नु भएको हो । 

मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीबाट देशभरका पार्टीको पालिका अधिवेशनको भर्चुअल्ली उद्घाटन गर्दै उहाँले प्रधानन्यायाधीश जबराप्रति लक्षित गर्दै पाँचै जनाले परमादेश जारी गर्ने तर एक जनाले मात्रै किन राजीनामा दिनुपर्ने ? भनि प्रश्न समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘ आज सर्वोच्च अदालतमा आफै देखिएको छ तमासा । श्रीमान न्यायाधीशहरु, उहाँहरु आफै कसेले के गरेको थियो । उधिन्न थाल्नु भएको छ । र उधिन्दै जाँदा निक्लिदै जान थालेका छन कुराहरु । परमादेश त एक जनाले होईन, पाँचै जनाले गर्नु भएको थियो होला । पाँचै जनाले परमादेश गर्नु भएको थियो भने एक जनासँग किन राजीनामा गर्नु हुन्छ ? श्रीमानज्यूहरु । 

पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पु¥याउनु भएको छ त । पाँचै जनाले राजीनामा गरे उपयुक्त होईन र ? सर्वसम्मतिको तपाईँहरुको निर्णयको यस्तो सुगन्ध, दूर्गन्ध के फैलिएको छ ? म भन्न चाहन्न । यस हिसावको सर्वोच्च अदालतको मानमर्दन यहाँहरुले गरिरहनु भएको छ । यो न्यायाधीश राख्नु हुन्छ, यो न्यायाधीश राख्नु हुन्न । यो यो न्यायाधीश राखे आफू नबस्ने, बस्छु भन्नेलाई हटाउने, बस्दिन भनेर छोडेकालाई राखिने । बारले ईजलास गठन गर्ने, अधिवक्ताले ईजलास गठन गर्ने जस्ता खालका अभ्यासहरु । म कानुन व्यवसायी होईन । कानुन व्यवसायी नभएको हुनाले कानुन व्यवसाय गर्ने ले त कानुन बुझ्नुुपर्ने हो जस्तो लाग्छ । संविधान त देख्नुपर्ने हो जस्तो लाग्छ । संविधानमा हुँदै नभएको राष्ट्रपतिका अधिकारहरु धावा बोलेर २४ घण्टा भित्र यतिमा यति बजेभित्र यस्तो ढंगले राष्ट्रपतिलाई परमादेश जारी गर्ने तपाईहरु अहिले पोल खोलाखेल गर्दै हुनुहुन्छ । मलाई चिन्ता कुन पक्ष हा¥यो, कुन पक्ष जित्यो भन्ने होईन । मेरो चिन्ता लोकतन्त्र जित्नु पर्दछ । 

हाम्रो न्याय प्रणाली स्वच्छ, पारदर्शी हुनुपर्दछ । र हाम्रो न्याय प्रणालीप्रति, हाम्रो न्यायिक संस्थाप्रति, न्याय निरुपणप्रति, न्यायिक निकायहरुप्रति आम जनताको आशा, भरोसा, विश्वास हुनुपर्दछ कि अन्त पाईन न्याय भने अदालतमा गएपछि पाउछु न्याय भन्ने कुरा विश्वास हुुनुपर्दछ । आज के त्यो विश्वासको स्थिति छ । जनतालाई मर्का परेर मुद्धाहरु त यथावत पेन्डिङमै छन वर्षौदेखि । तर नक्कली मुद्धाहरु अनेक खडा गरेर राजनीतिको थलो बनाउने कुराहरु चाँही बडो तदारुकताका साथ भईराखेको छ । यतापट्टि मैले अहिले किन सन्दर्भ उठ्यो भने हामीले लोकतन्त्रको रक्षा गर्नुछ । 

लोकतन्त्र यतिकै आएको होईन । कुनै फैसलाबाट लोकतन्त्र आएको होईन । धरै वर्ष लामो बलिदानीपूर्ण सघर्षबाट लोकतन्त्र आएको हो । र लोकतन्त्रको सुरक्षा सर्वाधिक महत्वको विषय छ, यतिबेला । त्यसका लागि संविधानको रक्षा यतिबेला सर्वाधिक महत्वको विषय छ । किनभने लोकतन्त्र नै भएन भने त हामी, लोकतान्त्रिक प्रणाली नै भएन भने हामी जनतालाई सार्वभौमसत्ता नागरिकको रुपमा जनता सार्वभौमरुपमा अगाढि बढन सक्दैन लोकतन्त्र भएन भने । र लोकतन्त्रको रक्षा गर्ने, लोकतान्त्रिक संविधान जो हामीले जारी गरेका छौं त्यस्तो संविधान भएन भने । त्यसकारण हाम्रो चिन्ता यस कुरामा हो । र म आग्रह गर्न चाहन्छु–अदालतलाई मर्यादित बनाऔं, निर्बिवाद बनाऔं, जनताको विश्वासको केन्द्र बनाऔं । विवादको एउटा थलो, तमासाको थलो अदालतलाई बन्न नदिऊ । मेरो आग्रह छ ।’

अध्यक्ष ओलीले अदालतलाई मर्यादित, निर्विवाद र जनताको विश्वासको केन्द्र बनाउन पनि पटकपटक आग्रह गर्नु भयो । उहाँले सरकार सम्पूर्ण रुपमा असफल भएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले नेतृत्व ठिक नभएकाले संसद असफल हुँदै दावी गर्दै सभामुख अग्नीप्रसाद सापकोटाप्रति पनि आक्रोश व्यक्त गर्नु भयो । उहाँले संसदको नेतृत्व नै ठिक नभएको दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकार त सम्पूर्ण रुपमा असफल भएको छ । अव राज्यका तीनै अंग व्यवस्थापिका संसद, अशक्त भईराखेको छ । असफल भएको छ र त्यसको नेतृत्व यस्तो विवादास्पद छ । 

विवादमा परेकाले राजीनामा दिनुपर्छ भनेर भन्दै हिँडेका छन, तीनै मान्छेहरु विवादमा परेको आफ्नै मान्छे उहाँहरुको किन आफ्नै मान्छे भन्नु प¥यो भने उहाँ निष्पक्ष त हुन सक्नु भएन । अरुको निस्काशनको पत्र तुरुन्त ढोकाबाटै मागेर टाँस्ने, नेकपा एमालेका निश्काशनको पत्र विचाराधिन राखेर निर्वाचन आयोगलाई नेकपा एमालेको विरुद्धको गतिविधि गर्नका लागि सजिलो बनई दिने त्यो काममा त सभामुख संलग्न हुनु भयो । व्यवस्थापिका प्रभावकारी ढंगले अगाडि बढन सकेन । निष्प्रभावी भयो । पक्षपातपूर्ण भयो  । त्यसको नेतृत्व नै ठिक भएन । यस्तो विडम्बनाको स्थिति छ । नेतृत्व ठिक भएन भने त्यसलाई फेर्ने त्यहाँको गणित यस्तो विवेक शुन्य तरिकाले चलिराखेको छ, त्यो गणितको दूरुपयोग भईराखेको छ ।’

अध्यक्ष ओलीले निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन एमालेले तीन वटै तहको निर्वाचनमा विजयी हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सोही अनुसारको तयारीमा जुट्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव हामी चुनावतर्फ जाँदैछौं । तीनै तहको निर्वाचनतर्फ । मिति कुन–कुन हुने हो आफ्नो ठाउँमा छ, छोडिदिऊ । जहिले होला चुनाव, हामी चनाव तर्फ जादैछौं । र चुनावमा हामीले देश विग्रन नदिने गरी, संविधानको रक्षा हुनेगरी, लोकतन्त्रको रक्षा हुनेगरी, विकास निर्माणको गति, जो अवरुद्ध गरिएको छ । 

त्यसलाई फेरी अगाडि बढाउने गरी अस्तव्यस्त बनाइएको राजनीति, लोकतान्त्रिक प्रक्रिया त्यसलाई ठिक ठाउँमा ल्याउने गरी हामीले आगामी निर्वाचनहरुमा परिणाम प्राप्त गर्नु पर्दछ । त्यसमा निम्ति तयारीमा जुटन म आग्रह गर्न चाहन्छु । हाम्रो पार्टीलाई कमजोर पार्न आन्तरिक घुसपैठ देखि, आन्तरिक रुपमा अनेक प्रकारणका खेल हुनेदेखि यस्ता अनेक खेलहरु भए । आन्तरिक रुपमै पार्टी विरोधी विभिन्न प्रकारका व्यक्ति र तत्वहरु सृजना गर्ने र जो सुषुप्त भए, तिनलाई सक्रिय बनाउने र पार्टीलाई चोईटयाउनेसम्मका प्रयासहरु भएनै, कामहरु भए । र एउटा त एमालेका जमान सिद्धियो, एमाले सिद्धियो । पहिले त उनीहरुले केपी ओलीविनाको एमाले भने । केपी ओलीविनाको सरकार भने । केपी ओलीविनाको सरकार त संसदीय गणितको कुरो हो । संसदको गणितमा सधैं विवेककै प्रयोग हुन्छ भन्ने होईन । दलीय व्यवस्थामा दलको ह्वीप प्रयोग हुन्छ । नहुने कुरा त हुँदो रहेछ ।’

अध्यक्ष ओलीले विरोधीहरुलाई खुसी पार्ने खालका कुनै पनि गतिविधि नगर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उहाँले एकतावद्ध एमाले मुलुकको आवश्यक्ता भएको र सोही आवश्यक्ता पूरा हुने गरी पार्टीका हरेक नेता, कार्यकर्ताहरुले काम गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।