१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

आरोप लागेपछि प्रधानन्यायाधीश पदमा बस्न मिल्दैन: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

आरोप लागेपछि प्रधानन्यायाधीश पदमा बस्न मिल्दैन:  पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेको आरोप इजलासबाट पन्छिएर  जवाफ दिनुपर्ने बताउनु भएको छ ।बुधवार न्यूज एजेन्सीसँग पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी रहेको बताउनुभएको हो । उहाँले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताउनुभयो । पूर्वप्रधानन्यायाधीश लोकमान सिंह कार्कीलाई हटाएका कुराहरु कानूनसम्मत नभएको र ती न्यायाधीशहरुले कानूनसम्मत काम नगरेको बताउँदै उहाँले प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादति गर्न नपाइने बताउनुभयो । प्रधानन्यायाधीशले पनि आफ्नो आचारसंहिता भित्र बस्नुपर्ने भन्दै पूर्व प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘हुल र गुटले हुँदैन, विधिसम्मत चल्नुपर्छ, न्यायसम्मत चल्नुपर्छ, अहिले राजनीतिक पार्टीले बुझ्नुपर्ने के हो भने यो पात्रले गरिरहेको कुरा जायज हो कि होइन भन्ने कुरा हेर्नुपर्छ, कसैले म पीडित हुन्छु भनेर, केपी अथवा गठबन्धन सरकारले भन्ने कुरा हो ?उहाँको कार्यहरु वस्तुनिष्ठ तवरबाट ठीक हो कि होइन भन्ने कुराको कि निष्पक्ष जाँच गरेर हेर्नुपर्यो, कि त्यो कुराको गहिराइमा पुग्नुपर्यो, उहाँले गरेका सबै ठस्क छन् भन्दा पनि त्यसका उपभोक्ताले त मानेनन् नि त, मलाई लाग्छ यसमा केही न केही निकासहरु आउला, आजभोलि नै आउला, यो रियलाइजेशन पार्टीहरुले पनि गर्नुपर्छ, लोकमानलाई हटाएका फैसलाहरु कानूनसम्मत थिए ? ति न्यायाधीशले गरेका कामहरु विधिसम्मत भन्न मिल्छ ? त्यस्ता फैसलाहरु सर्वोच्चमा राखेर लोकमानलाई पार्लामेण्टले हटाउनु पथ्र्यो की अदालतको फैसलाले हटाउनुपथ्र्यो ?जबर्जस्ती कसैले पनि हटाएर प्रधानन्यायाधीश हट्न सक्दैन, तर प्रधानन्यायाधीशले संविधान, कानूनमाथि ज्यादती गर्न पाइँदैन, प्रधानन्यायाधीश आफ्नो आचारसंहिता भित्र बस्नुपर्छ,प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य मान्यता, नैतिकताका बारेमा सोच्नुपर्छ,त्यसको रिप्लेक्शन देखिनुपर्छ ।’

पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गर्नुभयो । रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रशंग निकाल्दै उहाँले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरु वस्तुनिष्ट भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो । पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर त्यसको जवाफ दिनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘अहिले प्रधानन्यायाधीशमाथि नै सबैभन्दा ठूलो जिम्मेवारी उहाँको हातमा आएको उहाँले नै आफ्नो अधिकारको प्रयोग गर्दा जुन संयमता अपनाउनु पर्ने हो, जोसित सबैभन्दा बढी अधिकार छ, त्यो क्षमाशील भएन भने सबैभन्दा ठूलो दुर्भाग्य त्यहाँ हुन्छ, रावणको अहंकारका कारण रामायणको युद्ध भएको हो, तर अहिले त्यो अहंकारको बेला होइन, अहिले सुझबुझको बेला हो, न्यायालय र न्ययाधीशको उच्चतम अण्डरस्ट्याडिङमा चल्ने प्राणी हो, यदि राजनीतिक पार्टीहरुले प्रधानन्ययाधीशलाई हटाउने भनेको कुरा चान्चुने कुरा होइन, प्रधानन्यायाधीशले गल्ती गर्नै पाउँदैन, प्रधानन्यायाधीशले गरेका गल्तीहरु वस्तुनिष्ठ छन् भने अल पोल्टिकल पार्टीले डिस्कशन गरेर एउटा निकास लिन सक्नुपर्छ, महाअभियोगले केही गर्न सक्दैन भन्ने हो भने त्यसले निकास दिन सक्दैन, निकासका दुई वटा उपाय छन्, आरोपको छिनोफानो नहोउन्जेल बिदामा बस्ने, पन्छिएर अदालत सञ्चालन हुन दिनुपर्छ, मलाई लञ्छना लागेको छ छोड्छु भन्नुपर्छ ।

केपी शर्मा ओलीले हाम्रो गठबन्धनका सबै काम गर्नुपर्छ भनेपछि त्यसको गठबन्धनमा दीपकलाई फालेर आएको होइन, दीपकको योग्यताको प्रश्न थियो भने किर्ते सर्टिफिकेट थियो भने पेन्सन खानै पाउँदैन, त्यो पार्टीले डेमोक्रेसी सिध्याउन हो वा अपवित्र गठबन्धन गर्न हो, आफ्नो निरंकुश शासनको लागि हो, संसद विघटन पनि म मिलाइदिन्छु भनेर दुईवटाको सल्लाहबाट गरिएको हो रे, पछि नमिल्या भन्छन् नि, त्यसकारण इतिहास तीतो हुन्छ, यस्ता गोप्य षड्यन्त्र, तिक्डमहरु कुत्सित मनशायबाट गरिएका क्रियाकलाप इतिहासले पछि भन्छ, अहिले भन्न पनि कतिलाई डर हुन्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शक्ति र गुट भनेको २०३३-०३४ सालको मण्डले गुट जस्तो हो  ।’

अब पनि न्यायाधीशहरुले आफ्नो गल्ती महशुस गर्न नसके त्यो भन्दा ठूलो बिडम्बना अर्को नहुने बताउँदै पूर्वप्रधानन्यायाधीश पराजुलीले न्यूज एजेन्सी नेपालसँग भन्नुभयो,‘हाम्रो आफू पुलित हुने, आफ्ना मान्छेलाई सेफ गर्ने, आफ्नो गुटलाई संरक्षण गर्ने, जुन हिजोको खराब कल्चर थियो, त्यसको केही खराब मान्छेहरुले नेतृत्व गरेका थिए, तिनै सक्षम नेतृत्वहरुले जसरी विभक्त गराए त्यो विभक्तको प्रभाव यहाँ भयो, न्यायाधीशले  पनि मेरो केही गल्ती छैन भनेर महशुस गर्न सकेन भने मुर्खता र बिडम्बनापूर्ण हो, कहिले काहीँ न्यायाधीशले आफूमाथि अवाञ्छित लाञ्छना लाग्छ भने पन्छिएर त्यसको जवाफ दिनुपर्छ, न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी हुन्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने बताउनुभयो । उहाँले न्यायालय, पद्धति र अदालतको सेवा सु–सञ्चालन गर्नको लागि प्रधानन्यायाधीशले आफूमाथि लागेका आरोपहरु चिरफार नहुदासम्म इजलासमा बस्न नहुने बताउनुभयो ।