३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्ट र रणवीर कपुर डिसेम्बरमा विवाह गर्दै, विक्की र कट्रिना पनि बिहेको तयारीमा



अ+ अ-

एजेन्सी । आलिया भट्ट र रणवीर कपुर लामो समयदेखि हेडलाइन्सको हिस्सा बनेका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने, यी दुवैले यसै वर्ष विवाह गर्ने भएका छन् । फ्यानहरु आलिया र रणवीरको विवाहको प्रतिक्षामा छन् । दुवैले गत वर्ष विवाह गर्ने तयारीमा थिए तर कोरोना महामारीका कारण हुन सकेनन् । अब दुवैले डिसेम्बरमा विवाह गर्दैछन् ।

रिपोर्टका अनुसार आलिया र रणवीर लामो प्रतिक्षापछि यही वर्षको डिसेम्बरमा विवाह गर्दैछन् । रिपोर्टका अनुसार आलिया र रणवीरले इटालीमा विवाह गर्न लागेका छन् जसमा परिवारका सदस्य र केही विशेष साथीहरु पनि सहभागी हुनेछन् ।

एनिमलको सुटिङ स्थगित
ब्रह्मास्त्र पछि रणवीर कपुर आफ्नो आगामी फिल्म एनिमलको सुटिङ सुरु गर्ने तयारीमा थिए । तर अब रिपोर्टका अनुसार रणवीरले डिसेम्बरमा विवाह गर्ने भएकाले एनिमलको कार्यक्रम जनवरी २०२२ सम्म स्थगित गरेका छन् । यस फिल्ममा रणवीरसँगै परिणीति चोपडा, अनिल कपुर, बबी देओल महत्वपूर्ण भूमिकामा देखिनेछन् । अर्कोतर्फ आलिया भट्टको कुरा गर्दा उनले नोभेम्बरदेखि कुनै नयाँ काम सुरु गर्ने छैनन् । मंसिरपछि सिधै नयाँ वर्षदेखि काम थाल्ने छिन् ।

विक्की र कट्रिनाले पनि बिहे गर्दै


रिपोर्टहरू विश्वास गर्ने हो भने, आलिया र रणवीर मात्र होइन, विक्की कौशल र कट्रिना कैफ पनि डिसेम्बरमा विवाह गर्न लागेका छन्। ईटाइम्स रिपोर्टका अनुसार, दुवैको अगस्ट १८ मा रोकिएको थियो र अब दुबैले आफ्नो सम्बन्धलाई अर्को स्तरमा लैजाने निर्णय गरिरहेका छन्।

तर, रोकाको खबर बाहिर आएपछि कट्रिनाको टिमले यसलाई अफवाह भनेका थिए । यसैबीच, विक्कीले पनि हालै रोकाको खबरमा मौनता तोडेका छन् । ईटाइम्सको रिपोर्ट अनुसार विक्की र कट्रिनाले विवाहको तयारी सुरु गरिसकेका छन् । उनको विवाहको पोशाक सब्यसाँचीले डिजाइन गरेका हुन् । उनी अहिले विवाहका लागि कपडा छनोट गरिरहेका छन् । कट्रिनाले आफ्नो विवाहमा सिल्कको लेहेंगा लगाउने भएकी छिन् ।