३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

हिजोका प्रेम आचार्य र आजका गणेश नेपालीको पीडा एउटै होइन ?

हिजोका प्रेम आचार्य र आजका गणेश नेपालीको पीडा एउटै होइन ?
अ+ अ-

काठमाडौँ । कसले जिम्मा लिने ? कसले जवाफ दिने ? कहीँ त होला राज्य, जसले यी सबैका लागि विनम्रतापूर्वक माफी मागोस् । यी युवामा चरम निराशा, गरिब हुनुको अपमानबोध र वरिपरि अँध्यारो कसरी छायो ? र, ऊ मर्न कसरी तयार भयो ? जो कुर्सीमा छ, उसले केही त भन्नुपर्ला । कि यो पनि सिंहदरबार र शीतलनिवास जलेझैँ गुपचुप र सामसुम हुने हो ? दुःखद । धेरै दुःखद । आज त्रिपुरेश्वरमा एक युवाले आत्मदाहको प्रयास भएको घटनाबारे विश्लेषक केशव दाहालले आफ्नो फेसबुक वालमा गरेको टिप्पणी हो यो ।

यसै विषयमा वरिष्ठ अधिवक्ता भीमार्जुज आचार्य भन्छन्— काठमाण्डौ महानगर प्रहरीको ह्वीललक आतंकका कारण मुगुका एकजना असहाय युवकको कारूणिक घटनाको समाचार बाहिर आयो । महानगर भित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताडित बन्ने गरेका छन् । के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? कतै त सवारी साधन एकछिन ठडाउनै पर्ने हुन्छ । के त्यसलाई आपराधिकरण गर्नैपर्छ ? के यो नगरमा सामान्य मान्छे बस्नै नपाउने हो ?

सोही दुःखद घटनाका विषयमा राप्रपाका नेता ज्ञानेन्द्र शाहीको पनि कडा टिप्पणी छ । उनी भन्छन्— सरकार फेरिए पनि जनताको पीडा फेरिएन । संसद् भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्य हुन् वा राहदानी बिभाग कार्यालय अगाडि आत्मदाहको प्रयास गर्ने गणेश नेपाली । उहाँहरूको पीडा एउटै थियो—गरिखान पाऊँ, मेहनत गरेर यही देशमा सम्मानपूर्वक बाँच्न पाऊँ ।

विश्लेषक डा. इन्द्र अधिकारी भन्छन् – आत्मादाह (प्रयास) नेपालको ईतिहाँसमा अति कम मध्येको ब्यक्तिको आत्माघाति कदम हो । यस्को कारण भने बाँच्न भन्दा बरू दर्दानक मृत्यु रोज्न सहज देख्ने परिवेश र परिस्थिति नै हो। त्यसैले प्रत्येक्ष(परोक्ष ब्यक्तिलाई त्यो कदम चाल्न बाध्य पार्ने राज्यकै अवस्था र ब्यवस्था हो ! समयमै उद्दार गर्न सफल भएको अवस्था भने प्रशंसनिय छ। अनुसन्धान त होला नै, कारण पनि पत्ता लाग्ला। तर यस्तो घट्ना दोहोरिने अवस्था आउन नदिन राज्य नै संम्वेदनशिल हुनुपर्छ।

त्यसैले हामी सबैले सोच्नुपर्ने बेला आएको छ । राजनीतिक परिवर्तन र कुर्सी परिवर्तन मात्रै मुख्य विषयवस्तु होइन, जनताको जीवन परिवर्तन नै मुख्य विषयवस्तु हो । यो देश गरिब, दुःखी र मेहनत गरेर जीवन चलाउने जनताको पनि हो । सरकारले सुकिला–मुकिलाको पक्षमा होइन, गरिब र दुःखी जनताको पक्षमा ठोस कदम चाल्नुपर्छ । यही नै सुशासनको वास्तविक मापन हो ।

बिहीबार अपराह्न काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले गरेको आत्मदाहको प्रयासले हिजो दिनभर काठमाडौँ उपत्यका निकै खिन्न बन्यो । काठमाडौँ महानगरपालिकाका प्रहरीले ती युवाको मोटरसाइकलमा लक लगाएर जरिबाना तोक्ने भएपछि त्यसलाई अन्यायको पराकाष्ठा मानेर ती युवाले यस्तो दुःखद निर्णय गर्न पुगे । तत्काल उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि त लग्यो, तर उनको अवस्था निकै गम्भीर भइसकेको थियो ।

यो दुर्घटनाको सतहमा आएको समस्या काठमाडौँ महानगरपालिका हो । महानगरपालिका प्रहरीले ती युवाले पार्किङ गरिराखेको मोटरसाइकल आफ्नो नियन्त्रणमा लियो र लैजान थाल्यो । तर त्यसलाई गणेश नेपालीले सहन सकेनन् । आफू अघोर अन्यायमा परेको महसुस गरे र यस्तो निकै दुःखद निर्णयको निष्कर्षमा पुगे ।

उता सिंहदरबारमा संसदको बैठक चलिरहेको थियो, जुन घटनाका बारेमा सांसदहरु पनि गम्भीर बने र सदनका कुरा पनि उठाए । उनीहरुले सरकारको ध्यानाकर्षण गराए र सरकार र महानगरपालिकालाई नागरिकका दुःखमा साथ दिन आग्रह पनि गरे । तर, यस विषयमा अहिलेसम्म पनि सरकारका तर्फबाट कुनै अभिव्यक्ति भने आएको छैन ।

त्यसैले यहाँ उठान गर्न खोजिएको प्रसंग र चासो मुलुकका कार्यकारी प्रमुखसँगको हो । अहिले यतिखेर यो देशको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहका बारेको हो । त्यसैले संसद भवनबाट सांसदले मात्र होइन, देशका समग्र युवा लगायतका बर्ग तथा सबै देशवासीले नै यस विषयमा प्रधानमन्त्रीको धारणा पर्खिरहेका छन् ।

यहाँ यो प्रसंग उल्लेख गर्दा सान्दर्भिकै हुनेछ, जहाँ करिब तीन बर्ष अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आफूले रोजगारी तथा जीवन जिउने कुनै अवसर नै नपाएको भनेर आत्मदाह नै गरेका थिए ।

त्यसबेला काठमाडौँको महानगरको प्रमुख रहेका वालेन्द्र शाहले आफ्नो फेसबुकमा यस्तो लेखेको रहेछन्— एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

हो, आज तीन बर्षपछि पनि यस्तै दुर्भाग्यपूर्ण घटना काठमाडौँमै हुन पुगेको छ । त्यो बानेश्वरमा र यो चाहिं त्रिपुरेश्वरमा । अनि समस्या र पीडा लगभग एउटै एउटै । जीवन जिउने विषयसँग तालमेल नखाँदा यी दुवैले रोजेका हुन् यो कठोर निर्णयको बाटो । त्यसैले त सोसियल हुन् कि अरु, सबैखाले मिडियाबाट ती प्रेम र गणेशको अवस्था एउटै होइन र प्रधानमन्त्रीज्यू ? भनेर सबैले प्रश्न गरिरहेका छन् ।

तीन बर्षअघि संसद भवन अगाडि पट्टी प्रेम आचार्यले आत्मदाह गर्दा र अहिले गणेश नेपालीले यो प्रयास गर्दाका पृष्ठभूमि त आखिर सरकार नै हो । त्यसैले त प्रधानमन्त्री शाहले त्यतिबेला लेखेका थिए— त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।

हो, अहिलेको राज्य वालेन्द्र शाह नै हुन् र अहिलेको ती युवाको यो निर्णयको कारक भनेको महानगरपालिका हो । प्रधानमन्त्रीज्यू, त्यतिबेला यहाँले प्रेम आचार्यले आत्मदाहको निष्कर्षमा पुग्नुको कारण राज्य नै हो भनेर किटानीका साथ भन्नुभएको थियो । त्यसो भए आजको अवस्था के हो त ? त्यतिबेला त यहाँले नै यो सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्नुभएको रहेछ । यदि त्यसो भए अहिले यहाँ नै प्रधानमन्त्री भएको समयमा यसको जिम्मेवारी यहाँले लिनु पर्छ कि पर्दैन ?

अनि त्यस समयमा प्रेम आचार्यले आत्मदाह गर्दा राज्य असफल भयो भनेर फेसबुकमा स्टाटस लेख्ने वालेन्द्र शाह आज सरकार प्रमुखका रुपमा आफू सफल कि असफल ? यसको जवाफ जनतालाई र अझ विशेषगरी भन्नुपर्दा गणेश नेपालीजस्ता मजदुर र श्रमिक बर्गलाई दिनुपर्छ कि पर्दैन ?