३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ

गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ
फाइल फोटो
अ+ अ-

काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय भएको बताउनु भएको छ ।

सामाजिक संञ्जालमा एक राख्दै घिसिङले गणेशको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु नभै राज्यप्रति नागरिकको घट्दो भरोसा भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले लेख्न्नुभएको छ

राज्यको विभेद र भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएको एक युवा(गणेश नेपाली(को दु:खद निधनको खबरले मन अत्यन्तै स्तब्ध र भावविह्वल भएको छ। राइड सेयरिङ गरेर आफ्नो र परिवारको जीविकोपार्जन गर्दै संघर्षरत एक युवाले राज्यका नीति, प्रशासनिक व्यवहार र परिस्थितिबाट निराश भई आत्मदाहको प्रयास गर्न बाध्य हुनु र अन्तत: ज्यान गुमाउनुपर्ने अवस्था आउनु हामी सबैका लागि गम्भीर प्रश्न र राष्ट्रिय लज्जाको विषय हो। उनको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु होइन, यो राज्यप्रति नागरिकको घट्दो भरोसा र श्रम गरेर सम्मानपूर्वक बाँच्न खोज्ने एक युवाले आत्मदाहको प्रयासपछि ज्यान गुमाउनुपर्नु केवल एउटा व्यक्तिको मृत्यु होइन, यो राज्यको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न हो।

स्वर्गीय गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जलि। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना । गरिब, निमुखा वा दुर्गममा जन्मिनु कुनै अपराध होइन। इमानदारीपूर्वक श्रम गरेर बाँच्न खोज्नु पनि अपराध होइन। तर पछिल्ला दिनहरूमा राज्यका नीति र व्यवहारले गरिब, श्रमिक र सुकुम्बासीलाई झन् बढी हतोत्साहित र विस्थापित गरिरहेको अनुभूति बढ्दो छ। राज्यको पहिलो दायित्व नागरिकलाई सम्मानका साथ बाँच्ने अवसर र आशा दिनु हो, निराशा होइन। अब यस्तो पीडादायी घटना दोहोरिन नदिन राज्यले संवेदनशील, न्यायपूर्ण र मानवकेन्द्रित नीति अवलम्बन गर्नुपर्छ। हरेक नागरिकले आफ्नो श्रम, सम्मान र अधिकारसहित बाँच्न पाउने वातावरण निर्माण गर्नु नै साँचो लोकतन्त्रको परिचय हो।