८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘युद्ध अझै नसकिएको’ इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाइ

‘युद्ध अझै नसकिएको’ इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाइ
अ अ+ अ-

तेल अभिभ। वाशिङ्गटन–तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताउनुभएको छ।

उहाँले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीबार हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम राख्नु नै देशको राष्ट्रिय सुरक्षा प्रणालीको मुख्य आधार रहेकोमा जोड दिनुभयो । उहाँले तेहरानले उल्लेखनीय धक्का खाएको तरपनि नयाँ रणनीतिक चुनौतीहरू देखा पर्न थालेको सङ्केत गर्नुभयो ।

इजरायली सञ्चारमाध्यमले प्रधानमन्त्री नेतन्याहुलाई उद्धृत गर्दै भन्नुभयो, “इरानी शासनलाई ठूलो झट्का लागेको छ र हाम्रो नीति स्पष्ट छ, चाहे सम्झौता होस् वा नहोस्, इरानले आणविक हतियार प्राप्त गर्न पाउने छैन । यदि हामीले कदम नचालेको भए इरानले आणविक हतियार प्राप्त गरिसकेको हुन्थ्यो। युद्ध अझै सकिएको छैन र हाम्रो सामु नयाँ चुनौतीहरू देखा पर्दै छन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘समाप्त’ भएको घोषणा गरी दुई देशबीचको सैन्य हमलापछि तेहरानसँगको कूटनीतिक प्रयासलाई ‘समयको बर्बादी’ भनेको एक दिनपछि इजरायली नेताको यो भनाइ आएको हो।

तेहरानले हर्मुज जलडमरुमध्यमा व्यावसायिक जहाजहरूलाई आक्रमण गरेको र त्यसपछि वाशिङ्गटनले ८० भन्दा बढी इरानी लक्ष्यहरूलाई आक्रमण गरी तेहरानको पेट्रोलियम निर्यातमा प्रतिबन्ध लगाएपछि इरानले बहरइन र कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी हमला गरेको थियो।

प्रधानमन्त्री नेतन्याहुको चेतावनीसँगै इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले तेहरानविरुद्धको आक्रमण अझै समाप्त नभएको बताउनुभएको छ तर रक्षा सेना नयाँ रणनीतिक योजनाहरू तयार पारिरहेको उल्लेख गर्नुभयो ।

“हाम्रो सामु अझै ठूला कारबाहीहरू हुन बाँकी छन्,” उहाँले भन्नुभयो ।

यसैबीच, इजरायली रक्षा मन्त्री इजरायल काट्जले पनि यदि आवश्यक परेमा इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको बताउनुभएको छ।

“यदि हामीलाई फर्किनु पर्छ भने, हामी अझ ठूलो शक्तिका साथ फर्किनेछौं,“ काट्जले भन्नुभयो । उहाँले इजरायल आफ्नो हवाई प्रभुत्व कायम राख्न र क्षेत्रीय खतरा निष्क्रिय पार्न अत्यन्त सतर्क रहेको बताउनुभयो ।

नेतन्याहुले तेल अभिभले ‘यमनदेखि इरानसम्म’ आफ्नो सैन्य कारबाहीको क्षमता प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तेहरान र उसका छद्म सञ्जालहरूविरुद्धको व्यापक अभियान जारी रहेकोमा जोड दिनुभयो ।

यसका साथै उहाँले इजरायली रक्षा अधिकारीहरू लेबनानमा ‘आवश्यकता रहँदासम्म’ रहिरहने बताउनुभयो । (रासस/एएनआई)