२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, २२ वैशाखसम्म हलमा नदेखाइने



अ+ अ-

काठमाडौँ । लालीबजार चलचित्रको प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ।

मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आगामी २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिएका छन्।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्रका केही शब्द र प्रस्तुतिमा आपत्ति जनाउँदै रिट दायर गरेपछि अदालतले सो आदेश दिएको हो। उक्त फिल्म १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा थियो।

निर्देशक यम थापाको निर्देशनमा निर्माण भएको फिल्म षट्कोण आर्टसको ब्यानरमा बनेको हो। फिल्मको कथावस्तु वादी समुदायका महिलाले भोग्ने संघर्षमा केन्द्रित छ। यसअघि सोमबार मात्र केन्द्रीय चलचित्र जाँच समिति ले ‘लालीबजार’ लाई युनिभर्सल प्रमाणपत्र प्रदान गरेको थियो। अदालतको आदेशपछि फिल्मको प्रदर्शन अनिश्चित बनेको छ।