१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित
अ अ+ अ-

पाँचथर। पाँचथर उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् । गोलभेँडा उत्पादनको लागत बढे पनि मूल्य गत वर्षभन्दा आधा कम भएपछि कृषकहरु समस्यामा परेका हुन् ।

ठूलो परिमाणमा गोलभेँडा उत्पादन हुने याङवरक गाउँपालिका–६ का कृषक नवीन श्रेष्ठ गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु समस्यामा परेको बताउनुहुन्छ । “मूल्य कम भए पनि बजारसम्म पठाउनै प¥यो, उत्पादन फाल्न सकिएन”, श्रेष्ठले भन्नुभयो, “तर यसपालि किसानलाई फाइदा छैन । विषादीदेखि उत्पादनसम्ममा धेरै लगानी भएको हुन्छ । हामी किसानलाई घाटै घाटा छ ।”

अहिले यहाँ गोलभेँडा प्रतिकिलो रु १५ देखि १७ मा बिक्री भइरहेको छ । गत वर्ष औषतमा प्रतिकिलो रु ३० मा बिक्री भएको थियो ।  “प्रतिकेजी रु ३० भन्दा कममा बिक्री हुँदा घाटा हुन्छ, अहिले प्रतिकेजी रु १५ मा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो ।

किसान आइतराज योङहाङका अनुसार अहिले गोलभेँडा उत्पादनबाट कृषकहरुले फाइदा लिन मूल्य प्रतिकिलो रु ३० भन्दा माथि पुग्नुपर्छ । अहिलेको मूल्यले लगानी उकास्न पनि मुस्किल परेको योङहाङको गुनासो छ । “विगतमा राम्रो फाइदा भएकाले कृषकहरुले धेरै टमाटर (गोलभेँडा) को खेती गरेका छौँ । तर यसपालि लगानी पनि उकास्न नसकिने भयो”, योङहाङले भन्नुभयो ।

कृषक सीता पौडेल मिश्रका अनुसार अहिले मल्चिङ गरेर मात्रै गोलभेँडा फलाउन सकिन्छ । मल्चिङ गर्दा उत्पादन लागत बढेको छ । तर अहिले मूल्य कम हुँदा निमेक (परिश्रम) नै नउठ्ने अवस्था आएको मिश्रको भनाइ छ ।

गोलभेँडाको व्यवसाय गर्दै आएका याङवरक–६ का लेखप्रकाश खेवाङका अनुसार गोलभेँडाको बजार मूल्य घटबढ भइरहने गर्दछ । पूर्वी पहाडमा उत्पादित गोलभेँडाको मुख्य बजार पूर्वी तराई हो ।

बाहिरबाट पूर्वी तराईका बजारमा गोलभेँडा आउँदा यहाँका कृषकले राम्रो मूल्य नपाएको खेवाङको भनाइ छ । “अहिले हामीले कृषकहरुबाट प्रतिकिलो रु १५–१६ मा खरिद गर्नुपर्ने अवस्था छ”, खेवाङले भन्नुभयो, “अहिले झापा, मोरङ र सुनसरीका बजारमा बाहिरबाट गोलभेँडा थुप्रिदा मूल्य घटेको हो । अहिले काठमाडौँतर्फबाट पनि गोलभेँडा झापाका बजारमा आउने गरेको छ ।”

विगतमा यहाँका कृषकहरुले प्रतिकिलो रु ५० भन्दा बढी पनि मूल्य पाएको खेवाङको भनाइ छ । उहाँका अनुसार विगतमा यहाँको गोलभेँडा भारतमा पनि निर्यात हुन्थ्यो । तर अहिले भारतमा निर्यात हुनुको सट्टा भारतबाट नेपाल आउन थालेको छ । काठमाडौँ उपत्यका, मध्य तथा पश्चिम तराईका अन्य बजारमा पनि यहाँको गोलभेँडा पुग्ने गर्दथ्यो । तर अहिले उत्पादन बढेर बजारलाई प्रभाव पारेको खेवाङले बताउनुभयो । विगतमा निकै कम उत्पादन हुने तेह्रथुम, धनकुटालगायत जिल्लाबाट समेत अहिले ठूलो परिमाणमा गोलभेँडा तराईका बजारमा पुग्ने गरेको व्यवसायीहरु वताउछन् ।

पाँचथरका फिदिम नगरपालिका, हिलिहाङ र याङवरक गाउँपालिकामा ठूलो मात्रामा गोलभेंडा उत्पादन हुने गरेको छ । साविकका पञ्चमी, अमरपुर, नागी र थर्पू गाविसमा धेरै गोलभेंडा उत्पादन हुने गरेको छ । गत चैतमा रोपिएको गोलभेंडा फलेर अहिले पाकेको छ ।

यस क्षेत्रमा कात्तिकसम्म गोलभेंडा उत्पादन भइरहन्छ । पहिलो सिजनको गोलभेंडाले मूल्य नपाएपनि यसभन्दा पछि उत्पादन हुने गोलभेँडाले मूल्य पाउने आशामा यहाँका कृषकहरु बसेका छन् । रासस