१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
फाइल फोटो
अ अ+ अ-

सङ्खुवासभा। सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ ।

यसअघि  माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाइँ भइसक्नेमा यस वर्ष सिँचाइ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिलगायत कारणले रोपाइँ प्रभावित भएको हो ।

सिँचाइ अभावका कारण हालसम्म २५ प्रतिशत मात्र रोपाइँ सकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले बताउनुभयो ।

माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो बेँसी भेगमा धानका बीउ ब्याडमै थन्किएका उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा कुल आठ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।

ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा ३१ हजार ५९६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जिल्लाको तल्लो भेगका कतिपय ठाउँमा भर्खरै रोपाइँ सुरु गरिएको छ भने केही ठाउँमा असार लागेसँगै धान रोप्न थालिएको थियो ।

जिल्लाका खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, मरुवा, हेलुवाबेँसी, चन्दनपुर, चेवाबेँसी, कल्चेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायत क्षेत्रमा धानखेती गरिँदै आइएको सूचना अधिकारी राईले जानकारी दिनुभयो । उहाँका अनुसार मादी र धूपू क्षेत्रमा उत्पादन बढी हुन्छ ।

साथै मकालु गाउँपालिकाको हेदाङगना, पाँचखपन नगरपालिकाको वाना र होक्से तथा चैनपुर नगरपालिकाभित्रका भण्डारीडाँडालगायत क्षेत्रमा धानखेती गरिन्छ । यहाँ अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना, कालधानलगायत जातका धानखेती गरिने सूचना अधिकारी राईले बताउनुभयो ।

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरेको हो ।

सङ्घीय सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार सरकारी सेवा घरघरमै उपलब्ध गराउने लक्ष्यअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी  राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरघरमै पुर्‍याउने अभियान सुरु गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार घरदैलोमा राहदानी बुझ्ने दर्ता फारम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको हो । सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित पाँच चरणमा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै समय र खर्च बचत पनि हुने सहायक प्रजिअ कार्कीले बताउनुभयो । यो सेवा लिन चाहने सेवाग्राहीले हुलाक शुल्कबापत रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ ।

भौगोलिक रूपमा विटक र सडक सञ्जाल नजोडिएका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीको तयारीमा रहेका सेवाग्राहीका लागि यो अभियान उपयोगी हुने जिल्ला हुलाक कार्यालका प्रमुख अशोक राईले बताउनुभयो ।  रासस