९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारभित्रै अकस्मात गोली चलेपछि…



symbolic photo
अ+ अ-

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।     

डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।