९ भाद्र २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्वपूर्ण विषयहरु थाँती राख्दै माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक सकिने



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक महत्वपूर्ण विषयहरु थाँती राख्दै सकिने भएको छ । दुई दिनको गृहकार्यपछि आज पुनः बसेको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने र अन्य विषयहरु थाँती राख्ने तयारी भएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा लागि तय गरिएका ६ ओटा प्रस्तावमध्ये केन्द्रीय सदस्यको कार्यविभाजन मात्र होला जस्तो छ अरु विषयमा निर्णय हुँदैन ।” पार्टीको पदाधिकारी चयन, एमसीसीका सन्दर्भमा नेतृत्वले लिएको निर्णय लगायतका विषयमा विवाद बढ्ने लक्षण देखिएपछि बैठक आजै अत्य गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले महत्वपूर्ण विषयहरु थाँती राख्दै स्थानीय तहको निर्वाचनपछि मात्र निर्णय गर्ने तयारी गरेको छ ।