४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

कोमल ओलीले अव विहे नगर्ने–राजनीतिमा आउने

कोमल ओलीले अव विहे नगर्ने–राजनीतिमा आउने
अ+ अ-

–श्याम स्मृत
काठमाडौं। चर्चित लोकदोहरी गायिका कोमल ओलीले अव विहे नगर्ने पक्का–पक्की भएको छ। उमेरको हिसावले चालिस नाँघिसकेकी गायिका ओलीले विहे प्रति आफ्नो कुनै प्रकारको चाहना नै नभएको खुलासा गरेकी छन्। हाल प्रदर्शनमा आएको चलचित्र राजनीतिमा नायक राजेश हमालको नायिकाको रुपमा देखा परेकी ओलीलाई विहेको बारेमा धेरैले प्रश्न तेर्साएपछि विवाहको बारेमा सार्वजनिक धारणा प्रस्तुत गर्न उनी पछि नपरेकी हुन।

विवाह भन्ने कुरा गौण हो । यसलाई त्यति धेरै महत्व र जटिलताको रुपमा लिन नहुने, यसको लागि दबाब सिर्जना गर्न नहुने धारणा प्रस्तुत गर्दै स्वतन्त्र रुपमा जिउने सामाजिक आधार तयार पार्न नै आफूले विहे नगर्ने निर्णय गरेको गायिका ओलीले दावी गरेकी छन् । विहेको लागि कसैवाट प्रस्ताव नै नआएर त्यसो गर्नु भएको हो कि भन्ने प्रश्नमा पनि त्यो पनि नभएको र धेरैवाट राम्रा प्रस्ताव आएतापनि आफूलाई विहे गर्ने रहरै नभएर नगरेको समेत खुलासा गर्न पछि परिनन् ।

लोकदोहरी गायिका भएर व्यापक नाम र दाम कमाइरहेको वर्तमान अवस्थामा चलचित्रमा नायिका बन्नु रहर नभइकन करबर हो भन्न उनी चुक्दिनन् । मेरा शुभचिन्तकहरुले मलाई चलचित्रको पर्दामा नायिका भएको हेर्न चाहे । त्यो चाहनालाई मैले पूरा गरिदिएको मात्र हो । आम नायिका जस्तो नायिका बन्नको लागि मात्र चलचित्रको चक्कर लाउने रहर पनि नभएको बताउने उनले चलचित्र राजनीतिका नायक राजेश हमालसँग आफ्नो पटक्कै केमिष्ट्री मिल्दैन भनेकी छन् ।

पचास नाँघेका नायक हमालसँग विवाह गर्ने कि भन्ने प्रतिप्रश्नमा केमिष्ट्री नमिल्ने मान्छेसँग विहे त संभवको कुरा नै हुँदैन । त्यस्ता मान्छेसँग विहे गर्नु त मूर्खता सिवाय अरु नहुने बताउने विहे नगरिकनै समाजमा उदाहरण बन्ने प्रयत्नमा आफू लाग्ने समेत भनेकी छन् । त्यसका लागि हालसम्म मानसिक रुपमा तयार रहेको र भोलिका दिनमा के हुन्छ–त्यो थाहा नभएतापनि भोलि कसले पो देखेको छ भनेर भन्न पछि परिनन् ।

आज नगद भोलि उधारो भनेजस्तै भोलि कहिले पनि हुदैन । भोलि पनि आज नै हुन्छ । त्यो आजमा नै बाँच्न सिक्नु पर्दछ । म आजमा नै बाँचेकी दृढ विश्वासी अनि संकल्पी नारी भएको दावी गर्दै गायनवाटै नाम अनि दाम कमाएकी भएकोले यस क्षेत्रलाई कदापि नछाड्ने प्रतिवद्धता व्यक्त गरेतापनि राजनीति संभवत अन्तिम लक्ष्य हुन सक्ने संकेत गरिन् । निकट भविष्यमा राजनीतिमा कोमल ओली देखा परेमा कोही पनि आश्चर्यमा नपर्न समेत उनले भनेकी छन् ।