• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले… ★   आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो ★   संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुने ★   गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग ★   लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने ★   गुजरातको प्लेअफको आशा जिवितै, चेन्नईलाई ३५ रनले हराउँदा सुदर्शन–शुभमनको शतक

विरोध प्रदर्शनमा सहभागी हुन एनआरएन युकेको आग्रह



लन्डन-एनआरएन युकेले मिडिलइष्टका नेपाली मजदूरहरुका पक्षमा आवाज मुखरित गर्न लन्डनमा रहेको कतारी दूतावासमा हुन लागेको विरोध प्रदर्शनमा सघाउने भएको छ । एनआरएन युकेका अध्यक्ष महेन्द्र कडेलले कतारलगायतका खाडी देशहरुमा काम गरिरहेका नेपालीहरुको आत्मसम्मान, समानता र सुरक्षित काम गर्ने वातावरणका पक्षमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रर्दशनमा एनआरए युकेले सघाउने बताए ।

उनले त्यसमा साथ दिनका लागि बेलायतमा रहेका सबै नेपालीलाई समेत आग्रह गरेका छन् ।  यसले मिडिलइष्टमा रहेका समग्र कामदारको पक्षमा सहयोग पुग्ने भन्दै बेलायतवासी सबै नेपाली लन्डनस्थित कतारी दूतावासमा हुने विरोध प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
अक्टोबर १२ मा  मिडिलइष्टमा नेपाली कामदारहरुका बारेमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । उक्त विरोध प्रदर्शनले मिडिलइष्टमा देशहरुले नेपालीहरुको पक्षमा काम गर्न दबाब पर्ने विश्वास पनि एनआरएन युकेले गरेकेा छ ।