२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार ६८३ पुग्यो



अ+ अ-

काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३४ हजार ६८३ पुगेको छ ।

हमासद्वारा संचालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन् । गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ पुगेको र ७८ हजार ०१८ जना घाइते भएको उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।