१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु
अ अ+ अ-

एजेन्सी । स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् ।

पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोहसम्ममा चार सय ५० भन्दा बढी सहर हुँदै करिब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा सुरु गर्नेछन् ।

सन् १९९० को दशकमा मार्सेली टिमबाट खेल्ने पूर्वफुटबल खेलाडी बेसिल बोलीले बिहीबारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट सुरुआत गर्नेछन् ।

बास्केटबल खेलाडी टोनी पार्करले बिहीबारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरबारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन–ताराङ्कित सेफ र एक हास्य अभिनेतालाई पनि छनोट गरिएको छ ।

मार्सेलीका उत्साही फुटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले सहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्फत दिनभर दौडने तालिका छ ।

सहरले बुधबार ओलम्पिक ज्वालाको आगमनको खुशीयाली धुमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताउनुभयो ।

“यो अविश्वसनीय र जादुमय छ, हामीलाई यसको आवश्यकता थियो, हामीसँग मार्सेलीमा यस्तो प्रकारको घटना वा सुन्दर चिजहरू कहिल्यै हुँदैनन्”, मार्सेलीका बासिन्दा अमेल सेकोले भन्नुभयो ।

“यो यस्तो चिज हो जुन तपाईंले आफ्नो जीवनमा कम्तीमा एक पटक अनुभव गर्नुपर्छ… हामीसँग सूर्य र ओलम्पिक ज्वाला छ”, मार्सेलीका अर्का बासिन्दा मौना बौल्हासले भन्नुभयो ।

खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फुटबल खेल आयोजना हुनेछन् ।