४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातको प्लेअफको आशा जिवितै, चेन्नईलाई ३५ रनले हराउँदा सुदर्शन–शुभमनको शतक



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)२०२४ को ५९ औं खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको छ ।

योसँगै टाइटन्सले प्लेअफको आशा जीवित राखेको छ । यो जितसँगै टोली १० अंकसहित आठौं स्थानमा छ भने १२ अंकसहित चेन्नई चौथो स्थानमा छ ।

नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नईले टस जितेर बलिङ रोजेको थियो । गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच शुभमन गिल भए । उनले ५५ बलमा १०४ रन बनाए ।

जीटीका कप्तान गिल (१०४ रन) ले आईपीएलको १०० औं शतक बनाए । गिलपछि साई सुदर्शन (१०३ रन) ले पनि करियरको पहिलो शतक पूरा गरे । दुबैले २१० रनको ओपनिङ पार्टनरसिप गरे । तुषार देशपाण्डेले २ विकेट लिए ।

सीएसकेका तर्फबाट डेरिल मिचेलले ६३ रन, मोइन अलीले ५६ रन, एमएस धोनीले २६ रन र शिवम दुबेले २१ रन बनाए । गुजरातका मोहित शर्माले ३ र राशिद खानले २ विकेट लिए ।

गुजरातलाई कप्तान गिल र साई सुदर्शनले राम्रो सुरुवात दिलाए । पावरप्लेमा टिमले बिना कुनै क्षति ५८ रन बनाएको थियो । गिल र सुदर्शनले २१० रनको ओपनिङ साझेदारी गरे । यो गुजरातको सबैभन्दा ठूलो साझेदारी थियो । दुवैले सिजनकै सबैभन्दा ठूलो साझेदारी गरे ।

२३२ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात खराब रह्यो । पावरप्लेमा टोलीले ३ विकेट गुमाएर ४३ रन बनायो ।

१० रनमा तीन विकेट गुमाएपछि डेरिल मिचेल र मोइन अलीले चौथो विकेटका लागि ५७ बलमा शतकीय साझेदारी गरे ।