११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ अलि अब ‘बुलेट राजा’



अ+ अ-

Tigmanshu Dhulia निर्देशित नया हिन्दि चलचित्र ‘बुलेट राजा’को प्रोमो रिलिज भएको छ। सैफ अलि खान मुख्य भूमिकामा रहेको फिल्मको प्रोमोलाई ‘स्वागत कीजिए… वेलकम टू बुलेट राजा…’ भन्ने वाक्यबाट सुरु गरिएको छ। सिरियस र हास्य दुवै किसिमको चरित्र निभाएका सैफले ‘ब्राह्मण भूखा तो सुदामा, समझा तो चाणक्य और रूठा तो रावण…’भन्ने वाक्यबाट सुरु गरेका छन्।

नामले खुंखार शार्प शूटरको कथा हो कि जस्तो लागे पनि सैफ कुनै शर्प शूटर नभएर मस्तिखोर आम मानिसको रुपमा देखा परेका छन् र उनलाई साथ दिने नायिकामा सोनाक्षी सिन्हा छिन। सोनाक्शिलाई सधै जस्तै देशी लूक्समा पर्दामा उतारिएको छ।  फिल्मलाई भरपुर मनोरंजनात्मक बनाउन भरपुर कोशिस गरिएको छ। जसका निमित्त एक्शन कमेडी र रोमान्सलाई खुब राम्रोसंग मिलाएर देखाइएको छ। फिल्ममा धेरै स्टन्टहरु पनि रहेको जानकारी दिइएको छ। विद्युत जामवाल, गुलशन ग्रोवर, राज बब्बरजस्ता स्टारहरुलाई पनि सपोर्टिंग रोलमा देखिएको फिल्म २९ नोभेम्बरमा रिलिज हुँदैछ।