४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

मिसेस ग्लोब २०१३ मा मिसेज नेपाल रजनी थापा

मिसेस ग्लोब २०१३ मा मिसेज नेपाल रजनी थापा
अ+ अ-

बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता तथा इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको संस्था इप्लानेटले आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले चिनमा हुन लागेको ‘मिसेस ग्लोब २०१३’ मा सहभागिता नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । चिनको सेन्जेन शहरमा हुन लागेको प्रतियोगितामा भाग लिन २६ वर्षीया थापा शनिबार त्यसतर्फ प्रस्थान गर्दैछिन् ।
संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार आउदो अक्टोबर २७ मा चिनको सेन्जेन शहरस्थित वेस्टिन शेंज्हें फुटियन होटेलमा हुने फाइनल प्रतियोगितामा विभिन्न ४३ देशका सुन्दरीहरूको सहभागिता रहनेछ । मिसेस ग्लोब प्रतियोगिता १९९६ देखि शुरु भएको हो । यो प्रतियोगिताको १७ औं सस्करण हो । ‘नेपालको तर्पmबाट पहिलो सहभागी प्रतियोगितामा सहभागी हुन पाउनु एउटा राम्रो अवसर हो, आशा छ हाम्रो सहभागीले त्यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्नुहुनेछ’ सापकोटा भन्छन् । ६३ देशका सहभागी र चिन लगायत विभिन्न देशका लगभग १६०० दर्शक सामु नेपालकी प्रतियोगी रजनीले नेपालको झन्डा फहराउने छिन् । ‘आशा गरौ उपाधि जितेर नेपाल र नेपाली को शिर उचो बनाउने छिन’ विभिन्न ४२ अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताका नेपाल निर्देशक समेत रहेका सापकोटाले भने । उनको संस्था ईप्लनेटले पछिल्लो संस्करणमा ‘मिसेस नेपाल’ सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ प्रतियोगिता आयोजना गरेको थियो भने यस बर्ष २०१४ को लागि पनि आबेदन फारम वितरण शुरु गरिसकेको छ यो बर्ष इ प्लानेट ले फेब्रुअरि महिना को चार शनिबार चार प्रतियोगिता ‘लिटिल मिस युनिभर्स नेपाल’, ‘मिस टिन युनिभर्स नेपाल’ ‘मिस इन्टरनेशनल’ र ‘मिसेस युनिभर्स नेपाल’ को आयोजना गर्दै छ ।
यस अधि इप्लानेट ले अन्तराष्ट्रिय प्रतियोगिता ‘मिसेस युनिभर्स २०१३’ मा सहभागी नेपाली प्रतियोगि मिना घिमिरेले ‘मिसेस इन्टेलिजेन्ट’ विधाको अवार्ड, चिल्ड्रेन अफ युनिभर्स मा पठाएका चार प्रतिष्पर्धीले शीर्ष उपाधिसहित फष्ट रनरअप, ग्रेस फष्ट रनरअप, स्टार फष्ट रनरअप २०१३ घोषित भएका थिए ।