३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 0.51

Humidity: 73

तपाईं के खोज्दै हुनुहुन्छ ?

आनी छोइङ्ग ड्रोल्मालाई स्वागत



अ+ अ-

 
चोउद्फ़ोनटीन, बेल्जियमर शनिवार २६ अक्टोबर २०१३ का साझ चोउद्फ़ोनटीन क्यासिनोको खचाखच भरिएको भव्य सभा हलमा नेपाल(बेल्जियम फ्रेन्डशिप एसोसिएसनले आयोजना गरेको अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायीका तथा आर्य तारा स्कुल र आरोग्य फाउन्डेसनको संस्थापक एवं लुम्बिनी(कपिलवस्तु दिवस अभियानको ग्लोवल कमिटि सल्लाहकार आनी छोइङ्ग ड्रोल्माको ूयुरोपियन टुर २०१३ू को ओपनिङ्ग कार्यक्रम बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत महामहिम राममणि पोखरेलले बिध्युतिय प्रविधिबाट स्टेजमा लाइट प्रज्वलन गरि भव्यताका साथ समुदघाटन गर्नुभयो ।

उहाँले समुदघाटन कार्यक्रममा भन्नुभयो( ूदिस इज यन इण्डिकेसन द्याट आनीज सेरेने एण्ड सक्रेड म्युजिक इज बिकमिङ्ग मोर एण्ड मोर पोपुलर नट ओन्ली इन बेल्जियम बट् इन अदर पार्टस् अफ दि वर्ल्ड, एण्ड इन भ्यु ओफ ग्रोइङ्ग पोपुलारिटी, आइ होप वी कुड अर्गनाइज हर कन्सर्ट्स एमोंग इभन बिगर अडिएन्स इन बेल्जियम नेक्स्ट यअर ।ू साथै उहाँले भन्नुभयो( ूयज यु अल नो लर्ड बुद्ध वाज बोर्न इन लुम्बिनी, नेपाल इन ६२३ बि। सी। एण्ड एज दि बर्थप्लेस अफ बुद्ध, नेपाल हायज अल्वेज बीन ए प्लेस अफ पिल्ग्रिमेज फर दोज हु सिक् स्पिरिच्युअल अप्लिफट्मेन्ट ।ू

कार्यक्रम आयोजक नेपाल(बेल्जियम फ्रेन्डशिप एसोसिएसनका अध्यक्ष फ्रान्क वेर्मिर्श तथा बेल्जियमको वालोनिय क्षेत्रको लागि नेपालको कन्सुल सम्माननीय रोजर दि ग्रुइनको अथक प्रयासको लागि विशेष धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण महानुभावप्रति राजदुत पोखरेलले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी(कपिलवस्तु दिवस अभियानको युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले अभियानको ग्लोवल कमिटि सल्लाहकार रहनु भएकी आनी छोइङ्ग ड्रोल्मालाई अभियानको तर्फबाट हरियो खादा ओढाएर हार्दिक स्वागत गर्दै वहांको ूयुरोपियन टुर २०१३ू को सफलताको लागि शुभकामना दिनुभयो । साथमा अभियानको राष्ट्रिय समिति बेल्जियमका संयोजक डिल्लीराम भण्डारीको पनि उपस्थिति थियो ।

कार्यक्रममा अत्यन्तै महत्वपूर्ण ढंगले स्टेजमा आफ्नो प्रस्तुतिकै क्रममा गायिका आनी छोइङ्ग ड्रोल्माले अंग्रेजी भाषामा ूबुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा रहेको तथ्य बताउदै त्यस तथ्यलाई विश्वभरी प्रचार प्रसार गर्न अभियान चलिरहेको छ र म त्यस अभियानको एक पार्टस् हुूँ भन्नुभयो । वहांले थप्दै भन्नुभयो( ूभारतका केहि तप्काबाट बुद्धको जन्मस्थल भारतमा भएको भनेर गर्ने गरेका प्रचारहरु सत्य होइनन ।ू

आनीको प्रस्तुतिको सम्मानमा दर्शकदिर्घाबाट गरिएको अविछिन्न गड्गडाहट् तालीले करिव ४ मिनेटसम्म हल गुञ्जियो । वहाँले दर्शकहरुलाई ताली रोक्न गरेको अनुरोधले मात्र त्यो रोकिएको थियो । करिव ६०० दर्शकले भरिएको हलमा बेल्जियमका लुभेन, ब्रुस्सेल्स, अन्त्वेर्पेन तथा अन्य शहरहरुबाट गरि कार्यक्रममा लगभग ५० जना जति नेपालीको उपस्थिति थियो भने अन्य सबै बेल्जियन नागरिकहरुले हल भरिएको थियो ।