२ भाद्र २०८३, मंगलवार
,
Latest
तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियानले ओस्लोमा विश्व शान्तिका लागि ऎक्यवद्दता जाहेर गर्ने



अ+ अ-
डाकृष्ण अर्याल

०४ डिसेम्वरनर्वेलुम्बिनी– कपिलवस्तु विश्व अभियानराष्ट्रिय समिति नर्वेले अभियानको पाचौ वार्षिक उत्सवको सन्दर्भमा आगामी १० डिसेम्वर२०१३ का दिन नर्वेको राजधानी ओस्लोमा २ वटा कार्यक्रम सम्पन्न गर्ने भएको छ ।ओस्लोमा नोवेल शान्ति पुरस्कार वितरण समारोहमा अन्तर्राष्ट्रिय अतिथिहरुको गरिमामय उपस्थितिको अवसर पारेर नेपालको लुम्बिनीमा इसा पुर्व ६२३ मा जन्मिनु भएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीकपिलवस्तु नेपालको प्रचार प्रसार विश्वस्तरमा गरिरहेको लुम्बिनीकपिलवस्तु दिवस अभियानको ब्यानर तथा विश्व शान्तिका लागि बुद्धले दिएका महत्वपुर्ण उपदेशहरु सहितका प्लेकार्ड लिएर नोबेल शान्ति पुरस्कार वितरण गर्ने भवनको प्रवेशद्वार अगाडी उभिएर विश्व शान्तिका लागि ऎक्यवद्दता जाहेर गरिने भएको छ ।

साथै सोहि दिन अभियानले ओस्लो युनिभर्सिटीको अडिटोरियम सभा हलमा १६:३० देखि १८:३० सम्म अन्तरक्रिया कार्यक्रम तथा बुद्ध र लुम्बिनी सम्बन्धि डकुमेन्ट्री प्रदर्शन गर्ने भएको छ । कार्यक्रमका प्रमुख वक्ता अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य हुनु हुनेछ र अन्तरक्रिया नोर्वेजियन भाषामा उल्था गरिने जनाएको छ ।

 

अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन नेपालका लागि काम गर्ने नर्वेजीयन संघसंस्था तथा नेपाली संघसंस्थाहरुलाई आमन्त्रण गरिएको छ । ती संघसंस्थामा सूचना पठाई उपस्थितिको लागि अनुरोध गर्न संयोजक तथा एनआरएनए नर्वेका महासचिव इन्जिनियर नयन मल्ललाई जिम्मेवारी दिइएको जनाएको छ । हलको क्षमता करिब १३० जनाको भएको हुँदा सकेसम्म धेरै नेपालीहरुको उपस्थितिको लागि अभियानले अनुरोध गरेको छ ।