४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमाओवादी पराजयका सांस्कृतिक कारणहरु

एमाओवादी पराजयका सांस्कृतिक कारणहरु
अ+ अ-

राजु स्याङ्तान-
“मानिसको चेतनाले उनीहरुको अस्तित्वलाई निर्धारण गर्दैन, अपितु उल्टो उनीहरुको सामाजिक अस्तित्वले उनीहरुको चेतनाको निर्धारण गर्दछ।” कार्लमाक्र्स
कार्लमाक्र्सले तत्कालिन समाजको वर्गविश्लेषण गरि भन्नु भएको माथिको भनाईलाई आजको सन्दर्भमा तुलना गरि हेर्दा विश्लेषण सहि सावित हुन्छ । एमाओवादीले लिएको संविधान सभाको कार्यनिति उनीहरुको सामाजिक अस्तित्व भन्दा केही भिन्न देखिन आयो । इतिहासले उसको चेतना कस्तो थियो? भन्ने कोणबाट भन्दा उसको ब्यवहार, सामाजिक आचारण कस्तो थियो? भन्ने कोणबाट विश्लेषण गरि सहि गलत छुट्याउने गर्दछ ।सामाजिक रुपान्तरणका लागि १० वर्षे महान जनयुद्ध लडेर आएको परिवर्तनका मुख्य पक्षधर एमाओवादीका अप्रत्याशित पराजयको विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेकोछ । यहाँ निर एमाओवादी पराजयका केही सांस्कृतिक कारणहरुमाथी संक्षिप्तमा विभेचना गर्ने प्रयत्न गरिएको छ ।
१. साँस्कृतिक रुपान्तरणलाई उपेक्षा गर्नुः
उत्पादन सम्बन्धले मानिसको चेतनालाई निर्धारण गर्दछ । नेपाली समाज क्रमसः सामान्ति, अर्धसामन्ति, अर्ध औपनिवेशिक अवस्थाबाट नवऔपनिवेशिक हुँदै पुंजिवादी उत्पादन सम्बन्ध तर्फउन्मुख छ । एका तिर सामन्तवादी राजनैतिक ब्यवस्थाको अन्त्य भए पनि सामन्तवादी समाजको अवशेषहरु मानिसको चेतनावाट पुर्णतः अन्त्य भइसकेको छैन । अर्को तर्फ पुजिवादी साम्राज्यवादी उत्पादन सम्बन्धले थोपरि दिएको उपभोक्तावाद, वजारवादद्धारा समाज ग्रसित छ । उपयुक्त सामाजिक परिवेशमा एमाओवादी विलकुल नयाँ ढाँचा बोकेर शान्तिप्रक्रियासगै राजनैतिक मुलधारमा आयो ।उ सँग दुवै ढाँचाबाट पृथक समाजवादी उत्पादन सम्बन्धले प्रतिपादन गर्ने सामुहिक कम्यून शैलीको कम्युनिष्ट ढाँचा थियो । शान्ति प्रक्रियामा अवतरण पछि एमाओवादीले उक्त कम्युनी ढाँचालाई जोगाई राख्न सकेन । किनकीे समाजको अवस्था उसले युद्धमा प्रयोग गरेकोे भन्दा फरक थियो । परिणाम स्वरुप जनयुद्धकालमा सर्वस्व त्यागेर युद्धमा होमिएका कार्यकर्ताहरु उपभोक्तावादी संस्कृतिमा लछप्पै भिज्न पुगे । एमाओवादीले यस्तो खरावीलाई निस्तेज पार्ने नयाँ कम्युनिष्ट संस्कृतिको विकास गर्न सकेन । अर्धसामान्ति अवस्थाबाट अघि बढेको समाजले नयाँ संस्कृतिको आकार ग्रहण गर्न सकेन । नयाँ र पुरानो संस्कृतिका विच कडा टक्कर भईरह्यो । पुरानोको राजनैतिक ब्यवस्थाका ध्वंस भए पनि सांस्कृतिक अवशेषहरु ध्वंस नभई सकेको अवस्था रनयाँ संस्कृतिकको सुरुवात पनि नभइ सकेको अवस्थामा पश्चिमा उपभोक्तावादी संस्कृतिले हुर्कने राम्रो स्थान पायो । नयाँ जनवादी संस्कृति, नयाँ यथार्थ, भनिए ता पनि ब्यवहारतः नयाँ जनवादी संस्कृति भनेको के हो र कस्तो हुन्छ ? आम जनताले केही पनि भेउ पाउन सकेन । क्रमसः जनयुद्धले उठान गरेका नयाँ सौन्दर्य, नयाँ मुल्य र मान्यताहरु स्खलनको शिकार बन्न पुगे । जनयुद्धमा गरिएका अन्तरजातिय बिवाहहरु तोडिए । छुवाछुतको पर्खालहरु पुन उठ्न थाले । धर्मलाई अफिम ठान्ने कम्युनिष्ट नेता कार्यकर्ताहरु नै चन्दन लगाएर हिड्न थाले । आत्मनिर्भर अर्धतन्त्रको पाठ सिकाउनु पर्ने पार्टीका नेता कार्यकर्ता नै खुलमखुल्ला चन्दा माग्दै हिड्न थाले । जनताको सेवक होइन जनताको ठग, मालिक हुन पुग्यो । नेतृत्व तह यो वा त्यो गुठ उपगुठ सञ्चालनका ठेकेदार बने । परिणाम स्वरुप अपेक्षाको सपना चिसो चुह्लो वरिपरि असरल्ल छरेर बसेका नेपाली जनताले भन्न थाले “यो देशमा गरिवको दिन कहिल्लै नआउने भो ।”
एमाओवादीले सजिलै भुले कि १९सौं सताब्दीमा विश्व थर्काउने सोभियत संघ सिद्धान्त नभएर विघटन भएको होइन । सांस्कृतिक रुपान्तरणको अभावले विघटन भएको हो । चिनियाँ क्रान्तिले मुख्य दुश्मनको विरुद्ध विजय हासिल गरे पनि आफै भित्रको दुश्मनलाई सखाव पार्न १० वर्ष सम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति नै गर्नु प¥यो । राजनैतिक क्रान्तिलाई सफल बनाउन सांस्कृतिक क्रान्ति सँगसगै लानु पर्छ भन्ने तत्थ्य एमाओवादीले भुले ।नेतृत्व तहले कार्यदिशा ठिक भए सब थोक ठिक हुन्छ भन्ने माओको उक्ति रटान गरिरहे । नयाँ कार्यनिति अनुसारको कार्यशैली कस्तो हुन पर्छ ? जनशैली कस्तो हुनु पर्छ ? सांस्कृतिक निति कस्तो हुनु पर्छ ? कम्युनिष्टको आचारण, ब्यवहार कस्तो हुनु पर्छ भन्ने तिर कहिल्यै बिचार पु¥याएनन् । प्रत्येक बैठक, भेला, सम्मेलनहरु कस्ले कुन पद पाउने भन्ने झगडा मै सिमित रह्यो ।सांस्कृतिक भनेको नाच्ने, गाउने, बाजा बजाउने मात्रै हो भन्ने बुझाई तल देखि माथिल्लो पंतिसम्म विकास भयो । त्यस कारण एमाओवादी पराजयको कारणहरु मध्ये सांस्कृतिक रुपान्तरण पनि महत्वपुर्ण कारण मान्न सकिन्छ ।
२.के हो धर्म निरपेक्षता ?
१० वर्षको महान जनयुद्ध र विभिन्न आन्दोलनहरुले स्थापित गरेको नयाँ एजेण्डाहरु मध्ये संघियता र धर्म निरपेक्षता पनि हो । संघियतालाई जातिय विखण्डनमा तोडमोड गरि जनतालाई भ्रम छर्न हिजोका अभिजात वर्गहरु सफल भएको देखिन्छ । यस्को छुट्टै विभेचना आवश्यक छ । त्यस्तै अर्को महत्वपुर्ण एजेण्डा धर्म निरपेक्षतालाई एमाओवादीले जनताले बुझ्ने भाषामा बुझाउन सकेन । यसका अन्तर्यमा केही कारणहरु छन् । जस मध्ये एमाओवादी भित्रै धर्म निरपेक्षताको विषयमा एकमत नहुनु पनि एक हो । कार्लमाक्र्सले भन्नु भएको “धर्म मानिसका लागि अफिम हो” भन्ने कुराको सारतत्व नै नबुझि कम्युनिष्टहरु अन्जान मै माथीको उक्ति घोकीरहेका छन् । धर्मको शाब्दिक अर्थ धारण गर्नु लिनु, मान्नु, अथवा आफ्नो कर्तव्य पुरा गर्नुलाई धर्म भन्ने गरिन्छ । धर्मलाई सामाजिक कार्यमा जोड्दा भोका नाङ्गालाई खाना लाउन दिनु, चौतारो पार्टी पौवा, विद्यालय, धर्मशाला बनाउनुलाई सामान्य भाषामा धर्म भनिन्छ । अर्को अर्थमा अदृष्य शक्ति माथी विश्वास गर्नु धर्म हो । मानव समाजको ईतिहासमा ई.पु. एक लाख बर्ष देखि ई.पु. ७० हजार बर्ष सम्म कायम रहेको मध्य पाषण यूगदेखि मानिसले अलौकिक शक्ति माथी विश्वास गरि जादु टुना मुना, भुत प्रेतमा विश्वास, गरि प्रकृति पुरा गरेको इतिहास पाईन्छ । कालान्तरमा जव शासकवर्गले धर्मलाई आफ्नो अधिनमा लिए त्यस पछि धर्म शोषणको औजार बन्न पुग्यो । वेद, पुराण, बाइवल जस्ता शक्तिशाली शोषणका धार्मिक औजारहरु निमार्ण गरिए । मानव जातिले अन्न दाता भनि गरिने प्रकृति पुजाको विरुद्ध स्वर्ग नर्क, पाप पुन्य, जस्ता धार्मिक अन्धविश्वास लाद्न थाले । त्यसै सन्दर्भमा कार्लमाक्र्सले “धर्म मानिसका लागि अफिम हो” भनि उदघोष गरे । आज कम्युनिष्टहरु माक्र्सको उक्त भनाईलाई कण्ठष्ट गरि धर्म निरपेक्षताको विषयलाई गोलमटोल ढंगले ब्याख्या गरिरहेको छन् ।
धर्म निरपेक्षता भनेको नेपालबाट हिन्दु धर्मको अधिनायकत्व अन्त्य गर्ने विषय मात्र हो र हिन्दु धर्मलाई नष्ट गरे पछि धर्म निरपेक्षी भईन्छ भन्ने गलत धारणा विकास भएको पाईन्छ । धर्म निरपेक्ष भनेको राज्य वा समाजले सबै धर्मलाई समान महत्व दिने प्रकृया हो । नेपालका कम्युनिष्टहरु एका तिर धर्म अफिम हो भन्दै दशैं तिहार लगायत सम्पुर्ण सामाजिक परम्पराको विरोधी बनेर ढाेंगीपन देखाउने र अर्का तिर सबै धर्मलाई माया गर्नु पर्छ भन्दै चन्दन, खादा लगाउदै हिड्ने यी र यस्तै बिरोधाभाष पुर्ण बुभाई कै कारण एमाओवादीले भन्न खोजेको धर्म निरपेक्षता नेपाली समाजले बुझेनन् । क्रान्तिकारी कम्युनिष्ट भनिएकाहरुले नेपालका चार्ड पर्वलाई विरोध गर्ने नाममा चार्ड पर्व भित्र नेपाली समाजको भावना, सामाजिक उत्तरदायित्य पनि जोडिएको हुन्छ भन्ने विर्सिए । पुरानो संस्कृति भित्रको सवल पक्षलाई नयाँ संस्कृतिमा जोड्न सकेनन् । परिणाम स्वरुप धर्म निरपेक्ष जस्तो क्रान्तिकारी एजेण्डालाई प्रतिक्रियावादीले समाज विखण्डन गर्ने कलंकको रुपमा भ्रष्टिकरण गरिदियो । सनातन हिन्दु अभिजात वर्गहरु अकल्पनिय ढंगले मौलाए । प्रष्ट छ उनिहरुले इतिहासमा फेरि एक पटक धार्मिक अफिम नेपाली जनतालाई खुवाउन सफल भए ।
राजनैतिक, आर्थिक पक्षबाट मात्र नेपाली समाजले केही फड्को मारे जस्तो देखिएता पनि सांस्कृतिक, धार्मिक पक्षबाट समाज अझै पछाडी नै छ । मानिसका धार्मिक आश्थाहरु ढगमगाएका छैनन् । यी र यस्तै समाजको धार्मिक पक्षको वस्तुवादी विश्लेषण नगरि एमाओवादीले सोलोडोलो धर्म निरपेक्षताको नारालाई अघि बढायो । मानिसको अन्तष्करणमा छिपेर बसेको धार्मिक अन्धताको पर्खाल तोड्न अर्कै विधिको बिकास गर्नु पर्ने देखिन्छ ।सहि कुरा पनि भन्न जानिएन भने कहिले काँही प्रत्युत्पादक पनि बन्दो रहेछ ।
समय गतिशिल छ । गतिशिल प्रवाहलाई कसैले रोक्न सक्दैन । मानव समाजको इतिहास वर्गसंघर्षको इतिहास हो । वस्तु विनास र विकासमा आन्तरिक पक्ष नै प्रधान हुने गर्दछ । एमाओवादीले बाह्य पक्षको पर्दाफास गर्दै आन्तरिक पक्षको पनि शुक्ष्म अनुसंधान गरि सुद्धिकरणको अभियान संचालन गर्न आवश्यक छ । हेटौंडा महाअधिवेशनले तय गरेको यात्रा सही हुदाँ हुदै पनि हिड्ने पाइलाहरु कम जोखिम पुर्ण छैनन् । लाखौं करोडौं श्रमजिवी जनताहरु चुलीमा लाल झण्डा गाडिएको हेर्न आतुर छ । शिखर चढ्ने लड्छ । लड्नेहरु नै शिखर चढ्छन् ।
२०७० मंसिर २२
काठमाण्डौं