• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   संविधान र कानूनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो: मन्त्री शर्मा ★   पृथ्वी राजमार्ग सडक विस्तारमा दिनरातै काम ★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते ★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो ★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे ★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल

‘बेस्टसेलर राइटर अवार्ड’ चौलागाईं



 

काठमाडौँ, १ पुस –

जयकाली प्रकाशन प्रालिले लेखक यमप्रसाद चौलागाईंलाई ‘बेस्टसेलर राइटर अवार्ड’बाट सम्मान गरेको छ । चौलागार्इंको ‘उद्घोषणकला तथा पत्रकारिता’ शीर्षकको पुस्तकका लागि सो सम्मान प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले नेपालमा धेरै प्रकाशनगृह भए पनि लेखकको श्रमको उच्च सम्मान हुन नसकेको अवस्थामा यस्ता सम्मानले लेखकलाई थप हौसला प्रदान गर्ने बताउनुभयो ।

साहित्यकार नयनराज पाण्डे र शशी लुमुम्बूले प्रकाशन संस्थाले लेखकलाई सम्मान तथा पुरस्कार गर्ने परिपाटिले लेखक र प्रकाशकको समन्वयबाट मात्र बजारमा राम्रो कृति आउने सन्देश प्रवाह हुने धारणा राख्नुभयो । सम्मानित चौलागाईंले पुस्तकमा समावेश गरिएका विषयवस्तु प्रभावकारी भएकाले बजारमा सो पुस्तकको माग बढेको हो भन्दै सम्मानबाट आफूलाई नयाँ कृति प्रकाशन गर्न प्रेरणा मिलेको बताउनुभयो । विविध विधाका पुस्तक तथा कृति प्रकाशन गर्दै आएको जयकाली प्रकाशनका अध्यक्ष एकप्रसाद सापकोटाले लेखकलाई सम्मान गर्न सकेमा उनीहरूलाई प्रोत्साहन मिल्ने र लेखक तथा प्रकाशकबीच रामो सम्बन्ध स्थापना हुने बताउनुभयो ।