• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   स्वयम्भूमा शान्तिका प्रतीक परेवा (फोटो फिचर) ★   सभामुख घिमिरेले पाँच दलका शीर्ष नेतासँग आज छलफल गर्दै ★   नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालनमा ★   मध्यराति आइपुगे उपेन्द्र, आज संसदीय दलको बैठक, सरकारबाट बाहिरिने तयारी ★   क्रिस्टल प्यालेससँग म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार ★   सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो ★   मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा ★   सिधाकुरा प्रकरण: रामेश्वर, कैलाश सहित अन्यलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश ★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा



काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताउनु भयो । उहाँले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पोषण एउटा असाध्यै महत्वपूर्ण कडी हो । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणको ध्यान दिएनौँ भने हाम्रो देशको नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उहाँहरुको कस्तो किसिमको सिकाइ हुनसक्छ ? कस्तो किसिमको स्वास्थ्य हुन सक्छ ? र पहुँच कहाँसम्म पुग्नसक्छ भन्ने कुरा पोषणमा निर्भर छ । हामीले प्राथमिकिकरण के मा गर्ने ? अर्थ समितिबाट आउनुभएको माननीयज्यूहरु पनि यहाँ हुनुहुन्छ । बजेटमा काटिएर आउने भन्नेकुरा सुनियो ।’

‘त्यसलाई लबि गरिदिनुहुन म राष्ट्रिय रुपमै अनुरोध गर्न चाहन्छु । अहिले पोषण दिने कुरा ५ कक्षामा घट्यो । पैसा पनि १५ रुपैयाँले के आउँछ ? एकातिर भाउहरु बढिरहेको छ भन्ने थाहा छ भने नेपाल सरकारको प्राथमिकतामा पोषण पर्छ कि पर्दैन ? सरकारको प्राथमिकतामा पोषणलाई पार्नका निम्ति हामी सबैले स्थानीय तहदेखि नीतिगत तहसम्म हामीले पहल गर्नुपर्ने देखियो । रणनीति बनाउनु राम्रो हो । तर साँच्चिकै हामीले कार्यान्वयन गर्ने हो कि होइन । १०/१२ वटा त रणनीति रहेछ । रणनीति मात्रै बनाएर भएर । त्यसलाई कार्यान्वयन गर्न जे काम गर्नुपर्ने हो, बजेटलाई प्राथमिकतामा नेपाल सरकारले हाल्नुपर्‍यो भन्नेकुरामा हामी जानुपर्छ । म चाहीँ कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित छ । यो क्षेत्रमा नेपाल सरकारको बजेट हुनुपर्‍यो ।’

उहाँले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो ।