• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

‘बेस्टसेलर राइटर अवार्ड’ चौलागाईं



 

काठमाडौँ, १ पुस –

जयकाली प्रकाशन प्रालिले लेखक यमप्रसाद चौलागाईंलाई ‘बेस्टसेलर राइटर अवार्ड’बाट सम्मान गरेको छ । चौलागार्इंको ‘उद्घोषणकला तथा पत्रकारिता’ शीर्षकको पुस्तकका लागि सो सम्मान प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले नेपालमा धेरै प्रकाशनगृह भए पनि लेखकको श्रमको उच्च सम्मान हुन नसकेको अवस्थामा यस्ता सम्मानले लेखकलाई थप हौसला प्रदान गर्ने बताउनुभयो ।

साहित्यकार नयनराज पाण्डे र शशी लुमुम्बूले प्रकाशन संस्थाले लेखकलाई सम्मान तथा पुरस्कार गर्ने परिपाटिले लेखक र प्रकाशकको समन्वयबाट मात्र बजारमा राम्रो कृति आउने सन्देश प्रवाह हुने धारणा राख्नुभयो । सम्मानित चौलागाईंले पुस्तकमा समावेश गरिएका विषयवस्तु प्रभावकारी भएकाले बजारमा सो पुस्तकको माग बढेको हो भन्दै सम्मानबाट आफूलाई नयाँ कृति प्रकाशन गर्न प्रेरणा मिलेको बताउनुभयो । विविध विधाका पुस्तक तथा कृति प्रकाशन गर्दै आएको जयकाली प्रकाशनका अध्यक्ष एकप्रसाद सापकोटाले लेखकलाई सम्मान गर्न सकेमा उनीहरूलाई प्रोत्साहन मिल्ने र लेखक तथा प्रकाशकबीच रामो सम्बन्ध स्थापना हुने बताउनुभयो ।