१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल

नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताउनु भयो । उहाँले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताउनु भयो । उहाँले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छाँै, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रष्ट रुपमा हामीले भन्न सकाँै । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो ।

त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छाँै । हामी सामाजिक न्याय, समानताको कुरालाई उच्चतम महत्व दिन्छौँ र उत्पादनमा जोडिएर, रोजगारी प्रवद्र्धन गरी, नयाँनयाँ उद्यमहरु खोल्नका लागि राष्ट्रिय पुँजीको विकास गरेर आवश्यक परे वैदेशिक लगानीलाई आमन्त्रण गरेर विदेशमा गएका नेपालीहरुको पनि अनुभव, सीप, पुँजीको प्रयोग गर्छौं । त्यो उपभोगमा खर्च गर्ने होइन, लगानीमा खर्च गर्नेगरी, परिवारले अहिले मिठो खाने मात्रै होइन, भोलिको भविष्य सुनिश्चित गर्नेगरी लगानीमा प्रोत्साहन गर्न राज्यले प्रतिफल नदिएसम्म बैंकले ब्याज दिने, प्रतिफल दिएपछि मुनाफा वितरण गर्ने यो ढंगबाट राज्यले प्रोत्साहित गरे मान्छेले पैसा सञ्चय गर्न थाल्छन् ।’

अध्यक्ष नेपालले देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरुको विकास, सीप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिनुभयो ।