५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेस्टसेलर राइटर अवार्ड’ चौलागाईं



अ+ अ-

 

काठमाडौँ, १ पुस –

जयकाली प्रकाशन प्रालिले लेखक यमप्रसाद चौलागाईंलाई ‘बेस्टसेलर राइटर अवार्ड’बाट सम्मान गरेको छ । चौलागार्इंको ‘उद्घोषणकला तथा पत्रकारिता’ शीर्षकको पुस्तकका लागि सो सम्मान प्रदान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले नेपालमा धेरै प्रकाशनगृह भए पनि लेखकको श्रमको उच्च सम्मान हुन नसकेको अवस्थामा यस्ता सम्मानले लेखकलाई थप हौसला प्रदान गर्ने बताउनुभयो ।

साहित्यकार नयनराज पाण्डे र शशी लुमुम्बूले प्रकाशन संस्थाले लेखकलाई सम्मान तथा पुरस्कार गर्ने परिपाटिले लेखक र प्रकाशकको समन्वयबाट मात्र बजारमा राम्रो कृति आउने सन्देश प्रवाह हुने धारणा राख्नुभयो । सम्मानित चौलागाईंले पुस्तकमा समावेश गरिएका विषयवस्तु प्रभावकारी भएकाले बजारमा सो पुस्तकको माग बढेको हो भन्दै सम्मानबाट आफूलाई नयाँ कृति प्रकाशन गर्न प्रेरणा मिलेको बताउनुभयो । विविध विधाका पुस्तक तथा कृति प्रकाशन गर्दै आएको जयकाली प्रकाशनका अध्यक्ष एकप्रसाद सापकोटाले लेखकलाई सम्मान गर्न सकेमा उनीहरूलाई प्रोत्साहन मिल्ने र लेखक तथा प्रकाशकबीच रामो सम्बन्ध स्थापना हुने बताउनुभयो ।




भर्खरै