२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर



अ+ अ-

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कानुन व्यवसायी तथा कला सर्जक विश्वम्भर लामिछानेले आफ्नै निवासमा स्थापना गरेको जराबुट्टा कला सङ्ग्रहालय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

खोला तथा बगरमा खेर जाने रुखका जरा र जराबुट्टालाई कलात्मक रूप दिई लामिछानेले करिब ३० वर्षदेखि सङ्कलन तथा सिर्जना गर्दै आएका छन् । हाल सङ्ग्रहालयमा झन्डै ३०० वटा कलाकृति राखिएका छन्, जसले देशप्रेम, मातृत्व, प्रकृतिप्रेम र सामाजिक सद्भावका सन्देश प्रवाह गर्ने गरेको उनले बताए ।

उनका अनुसार कला बिक्री नगरी संरक्षण गर्ने उद्देश्यले सार्वजनिक सङ्ग्रहालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । जराबुट्टा कला केन्द्र नेपालका उपाध्यक्ष कृष्णप्रसाद बरालका अनुसार प्रदेश सरकारको रु ४९ लाख ९९ हजारको लागतमा जराबुट्टा कला केन्द्रको भवन निर्माण भइरहेको छ ।