१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट

पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट
अ अ+ अ-

काठमाडाैँ । खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०८२ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ कृतिको विस्तारित (लङलिस्ट) सार्वजनिक गरेको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्रतिष्ठानमा १९२ वटा साहित्यिक पुस्तक प्राप्त भएका थिए। तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ कृतिको विस्तारित सूची तयार गरी प्रतिष्ठानलाई उपलब्ध गराएको हो। समितिले यही विस्तारित सूचीबाट आगामी महिना उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची (सर्टलिस्ट) चयन गर्ने जनाएको छ।

विस्तारित सूचीमा गोविन्द गिरी प्रेरणाको ‘अ–विधवा’, डा. नवराज लम्सालको ‘कल्प’, नारायण ढकालको ‘जगज्जननी उसकी आमाको नाम होइन’, चन्द्रप्रकाश बानियाँको ‘तुलु राजा’, क्षितिज समर्पणको ‘तोरकीन’, नवीन अभिलाषीको ‘दहाड’, उमा सुवेदीको ‘परिधि’, ओम रिजालको ‘पैकेलो’, खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’, भूपिनको ‘मध्यको उज्यालो’, सीमा आभासको ‘महायुग’, डा. नवराज केसीको ‘स्वस्पर्श’, श्रवण मुकारुङको ‘सलह’, शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ तथा नदीशको ‘हिउँद’ समावेश छन्।

प्रतिष्ठानका अनुसार आगामी महिना सार्वजनिक गरिने उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूचीबाट अन्तिम चरणमा पद्मश्री साहित्य पुरस्कार विजेताको घोषणा गरिनेछ।

Screenshot