७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.41

Wind: 2.06

Humidity: 48

Latest
यसरी मनाइयो टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस – फोटोफिचर च्याम्पियन्स ट्रफी आजदेखि, पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्ड भिड्दै माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन: उपाध्यक्ष श्रेष्ठ सुनको मूल्य नयाँ रेकर्ड नजिक, कतिमा हुँदैछ कारोबार? जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँः अध्यक्ष दाहाल ओशो सन्यासी बनिन् शिल्पा पोखरेल एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता: मुख्यमन्त्री आचार्य यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य बागमती प्रदेश प्रमुखद्वारा प्रजातन्त्र दिवसको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कठैवरा ! कस्ले भन्ला ?



अ+ अ-

बलराम तिमल्सीना-

तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्‍यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि सँगै मर्‍यौं भने ?
===================
तिम्रो मेरो दिलको राग एउटै भन्ने जान्दा पनि
तिम्रो मेरो मनको माग एउटै भन्ने मान्दा पनि
उचालिई कसैबाट उल्टासिधा गर्‍यौ भने
विचरा यी ! कस्ले भन्ला नरकमा झर्‍यौं भने
================
तिमी हामी हिड्ने बाटो एउटै भन्ने जान्दा जान्दै
तिम्रो हाम्रो ज्यूँने माटो साझा भन्ने मान्दा मान्दै
एउटा रुँदा अर्को हाँस्ने मूर्ख वुद्धि गर्‍यौं भने
भोलि भेट कहाँ होला सीमा पारि तर्‍यौं भने
=========================
तिमीलाई मलाई पुर्ने चिहान एउटै भन्ने जान्दा जान्दै
तिमी हामी हाँस्ने विहान साझा भन्ने मान्दा मान्दै
भेट हुँदा दुश्मनले जस्तै आँखा तर्‍यौं भने
कस्ले झण्डा ओढाउला मूर्खताले मर्‍यौं भने