९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानालाई ‘प्रतिभा सम्मान’ र दिक्पाललाई ‘प्रतिभा पुरस्कार’



अ+ अ-

काठमाडौं, १४ पुस । 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्राज्ञ बँद रानालाई ‘प्रतिभा सम्मान’ तथा पत्रकार राकुमार दिक्पाललाई  ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । बेलायतमा बसोबास गर्ने नेपाली साहित्यकारले नेपाली भाषा तथा वाङ्मयको विकासका लागि प्रतिष्ठान स्थापना गरी सन २००८ देखि सम्मान तथा पुरस्कार दिँदै आएको हो । प्राज्ञ रानालाई गजल विधाको विकास गरेकामा सम्मानस्वरुप रु २० हजार तथा सम्मानपत्र र पत्रकार दिक्पाललाई कथा विधा तथा पत्रकारिताको श्रीवृद्धिमा योगदान गरेबापत रु एक लाख तथा सम्मानपत्र दिइएको हो ।

प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति वैरागी काइँलाले रोजीरोटीका लागि काम विशेषले विदेसिएका नेपाली लाहुरेहरूले नेपाली भाषा तथा साहित्यको समृद्धिका लागि खेलेको भूमिका उल्लेखनीय रहेको चर्चा गर्नुभयो । प्राज्ञहरू विष्णु प्रभात र डा तुलसीप्रसाद भट्टराईले प्रतिष्ठानले योग्य तथा प्रतिभाशाली स्रष्टाको छनोट गरेकामा प्रशंसा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले बेलायतमा नेपाली भाषालाई पठनपाठन गराउनका लागि पहल भइरहेको जानकारी दिँदै नेपाली माटोप्रतिको भावनाले नेपाली कला, साहित्य तथा संस्कृतिको विकासका लागि संस्था क्रियाशील रहेको बताउनुभयो । प्रतिष्ठानका नेपाल संयोजक शशी लुमुम्बुले नेपाली विश्वको कुनै ठाउँमा रहे पनि नेपाल र नेपालीको समृद्धिका लागि क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै