१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैशाखमा आउनेभयो ‘होस्टेल रिटर्न्स’



अ+ अ-

नेपाली चलचित्र ‘होस्टेल रिटर्न्स’को रिलिज मिति घोषणा भएको छ । यो चलचित्र बैशाख २५ गतेदेखि देशब्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ । संपूर्ण छायांकन बुटवलमा गरिएको यो चलचित्र अहिले सम्पादन टेबुलमा छ । निर्माता सुनिल रावलका अनुसार चलचित्रलाई नयाँ प्रचार रणनीतिअनुसार दर्शकमाझ लैजाने तयारी भैरहेको छ ।

सुरज भुषाल निर्देशित चलचित्रले छात्रावासको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा पेश गर्छ । ‘हामी प्लस टु परिक्षा सकिएको सातापछि चलचित्रलाई हलमा लैजाने पूर्ण तयारीमा छौं’ मिति घोषणाबारे निर्माता रावलले भने । यसअघि सायद र होस्टेल निर्माण गरेको दुर्गिश फिल्मसको यो तेस्रो प्रोजेक्ट हो । ‘सबै कलाकारले एकदमै महत्वपूर्ण र आकर्षक अभिनय गरेका छन्’ रावलले भने, ‘पब्लिसिटी र उत्कृष्ट चलचित्र बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’

स्वप्नील आचार्यको संगीतमा लोक र रक स्वादको मिश्रण गरिएको छ । हरि हुमागाइँको क्यामेरा, अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा सुरज भुषाल एवं सन्तोष लम्सालको पटकथा छ ।सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको छ ।