• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार… ★   पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने ★   धूमपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगञ्ज ★   झुलाघाट नाका बन्द ★   प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द ★   सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका ★   दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक ★   सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला ★   महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन ★   वन्यजन्तु सप्ताह: सामुदायिक वनमा चरा अवलोकन

बैशाखमा आउनेभयो ‘होस्टेल रिटर्न्स’



नेपाली चलचित्र ‘होस्टेल रिटर्न्स’को रिलिज मिति घोषणा भएको छ । यो चलचित्र बैशाख २५ गतेदेखि देशब्यापी सार्वजनिक प्रदर्शन हुने निर्माण कम्पनी दुर्गिश फिल्मसले जनाएको छ । संपूर्ण छायांकन बुटवलमा गरिएको यो चलचित्र अहिले सम्पादन टेबुलमा छ । निर्माता सुनिल रावलका अनुसार चलचित्रलाई नयाँ प्रचार रणनीतिअनुसार दर्शकमाझ लैजाने तयारी भैरहेको छ ।

सुरज भुषाल निर्देशित चलचित्रले छात्रावासको जीवनशैली, बसोबास गर्ने विद्यार्थीबीचको मतमतान्तरको कथा पेश गर्छ । ‘हामी प्लस टु परिक्षा सकिएको सातापछि चलचित्रलाई हलमा लैजाने पूर्ण तयारीमा छौं’ मिति घोषणाबारे निर्माता रावलले भने । यसअघि सायद र होस्टेल निर्माण गरेको दुर्गिश फिल्मसको यो तेस्रो प्रोजेक्ट हो । ‘सबै कलाकारले एकदमै महत्वपूर्ण र आकर्षक अभिनय गरेका छन्’ रावलले भने, ‘पब्लिसिटी र उत्कृष्ट चलचित्र बनाउनका लागि हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’

स्वप्नील आचार्यको संगीतमा लोक र रक स्वादको मिश्रण गरिएको छ । हरि हुमागाइँको क्यामेरा, अष्ट महर्जनको एक्सन, गोविन्द राईको नृत्य निर्देशन तथा सुरज भुषाल एवं सन्तोष लम्सालको पटकथा छ ।सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीप चौधरी, रोयदीप श्रेष्ठ, इभम जोशी, निर्मल शर्मा, दीया मास्के र निर्माता रावलको अभिनय रहेको छ ।