४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फरक शैलीमा ‘सरी ल’

फरक शैलीमा ‘सरी ल’
अ+ अ-

आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरी ल’को राजधानीमा बिशेष प्रदर्शन गरिएको छ । राजधानीको बिग मुभिजमा प्रदर्शन गरिएको चलचित्र हेर्न चलचित्र युनिटसहित सिनेकर्मीहरु तथा सञ्चारकर्मीहरु उपस्थित थिए । चलचित्र हेर्ने अधिकांश कलाकार तथा पत्रकारहरुले चलचित्र उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । त्रिकोणत्मक प्रेमकथामा आधारीत यो चलचित्रले उठाएको बिषय वास्तविक जस्तै बनेको प्रतिक्रिया उनीहरुको थियो ।

निर्माता प्रदिपकुमार उदयले चलचित्रलेले मनोरञ्जन दिने मात्र नभई सन्देश पनि बोकेको प्रतिक्रिया दिए । त्यस्तै अर्का निर्माता छवीराज ओझाले आफूले पहिले पनि यो चलचित्र हेरेको र यसै चलचित्रमा ऋषिको कामबाट प्रभावित भएर आफ्नो प्रदर्शनको क्रममा रशेको छलचित्र हवल्दार सुन्तलीमा निर्देशनको जिम्मा ऋषि लामिछानेलाई दिएको बताए ।

चलचित्रमा फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई उठाईएको छ । मुलधारका चलचित्र निर्देशनमा सफलता हात पारीरहेका निर्देशक लामिछानेले यो चलचित्रमा भने आम चलचित्र भन्दा फरक शैली अपनाएका छन् । उनले चलचित्रको बारेमा पाएका प्रतिक्रियाहरुलाई सुझावको रुपमा लिएको भए पनि यो चलचित्रलाई कमर्सियल चलचित्रको रुपमा नलिएको दावी गरे । चलचित्र हेर्न निर्माताहरु प्रदिपकुमार उदय, छविराज ओझा, माधव वाग्ले, सुवास गिरी, कलाकारहरु दयाहाङ राई , सौगात मल्ल, सरिता लामिछाने लगायत चलचित्रका मुख्य कलाकारहरु पनि उपस्थित थिए ।

यसै चलचित्र मार्फत रजतपटमा एक सम्भाबना बोकेकी नव नायीका अनिता आचार्यले डेब्यू गरेकी छिन् । कृष्णबहादुर महर्जनको निर्माणमा बनेको चलचित्रलाई अञ्जु केसीले प्रस्तुत गरेकी हुन् । चलचित्रमा अनिताको अलवा सुवास थापा ,राजन खतिवडा र मार्टिन खानको पनि मुख्य भूमिका रहेको छ । कात्तिक २१ मा यो चलचित्रसँगै अर्को चलचित्र एउटा साथी पनि प्रदर्शन हुनेछ । अघिल्लो शुक्रबारबाट प्रदर्शन हुने भनिएको एउटा साथी हल नपाएको भन्दै एक हप्ता पछाडि सरेको थियो ।