१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

सँगै काम गर्ने भए रेखा र निखिलले



अ+ अ-

नायीका रेखा थापा र नायक निखिल उप्रेतीले झण्डै आठ वर्षपछि संगै चलचित्रमा देखिने भएका छन् । वितरक गोपाल कायस्थले निर्माण गर्न लागेको चलचित्र ‘लुटेरा’ मा नेपाली सिने नगरीका यि दुई चर्चित कलाकारले संगै जोडी बाँध्ने भएका हुन् । यस अघि उनीहरु सँगै चलचित्रमा काम गर्न इन्कार गर्ने गर्दथे । चलचित्र ‘लुटेरा’लाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । ‘लुटेरा’ मा रेखा र निखिलले संगै स्क्रिन शेयर गर्ने विषयमा निर्देशक श्रेष्ठले भने– ‘मौखिक सम्झौता भइसकेको छ, लिखित हुन बाँकी छ, सम्भवत यही हप्ताभित्रमा संझौता पनि हुन्छ ।’ रेखालाई नै लिएर सविरले बनाएको चलचित्र ‘तथास्तु’ यही पौष २५ गतेदेखि देशव्यापी प्रदशर्नमा आउँदैछ ।

निखिलले नै निर्देशन गरेको चलचित्र भैरवमा रेखाले आइटम नृत्य गर्ने तय भैसकेको छ । निखिल आफैं रेखाकोमा गएर आफूले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न आग्रह गरेपछि लामो समयदेखि बन्द भएको बोलचाल खुलेको थियो । रेखा र निखिलले यसअघि धड्कन, निखिल दाई, कर्मयाद्धा, बरमाला, दोबाटो जस्ता दर्जन सफल चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।