९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमूलक कविता ‘संविधान बनाऊ’



अ+ अ-

साहित्य सन्ध्याको ३४३ औँ कार्यक्रमअन्तर्गत शनिबारको कविगोष्ठीमा कविहरुले ‘संविधान बनाऊ’ भन्ने दबाबमूलक कविता पाठ गरे । गोष्ठीमा रामप्रसाद प्रदीप, पूर्ण विराम, अतृप्त पाण्डेय, आनन्दराम पौडेल, कणाद महर्षि, जगन्नाथ आचार्य, ब्रह्मप्रिय प्रेमस्वरूप, पुनाराम गिरी, गोपालकुमार मैनाली, मुकुन्द न्यौपाने, डिल्लीराज अर्याल, गणेश मार्मिक, रामचन्द्र खतिवडा, नारायण निराशी, चेतनाथ धमला, वैरागी जेठा, गोविन्दप्रसाद आचार्य, जयन्ता पोखरेल, नवराज श्रेष्ठ, इन्दु अंशु, गोपाल नेपाल, प्रदीपरत्न शाक्य, रमेश पाल्पाली, स्मीता, रामचन्द्र दाहाल, डिल्लीप्रसाद मूलतिहुन, भारद्वाज मित्र, कालिकोटे अनिश, उर्मिला पन्त पाण्डेय, ऋचा, जेके सायब जारा, अनुप जोशी, पीताम्बर भण्डारी, सुदेश सत्याल, निर्भीक राई, अशोक सुवेदी, गोमादेवी कटुवाल, रश्मि रिमाल, अतीन्द्र दाहाल, र एसपी चौलागाईँलगायत ४३ जनाले आआफ्ना कविता, गीत र गजल प्रस्तुत गरे ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै शीतल गिरीले सबै रचनाले नेपाली समाजमा देखिएका वर्तमानका बेथितिप्रति प्रहार गरेका, केही रचनामा आञ्चलिकतासमेत आएको, गणितीय सूत्रका सूत्रात्मक कवितासमेत वाचन भएको, प्रायः कविता उत्कृष्ट रहेका तर वाचन वैशिष्ट्य भने थोरै कविमा मात्र देखिएकाले त्यस पाटामा निकै धेरै ध्यान दिनुपर्ने बताए ।

सन्ध्याका कावा अध्यक्ष रमेश पोखरेलले संविधान निर्माणका लागि दबाब दिन सडक कविता गोष्ठी नै गर्ने योजना बनाइएको जानकारी दिए । सन्ध्याका सदस्य प्रशान्त खरेलले मुलुकको निकासका लागि अत्यावश्यक रहेको संविधान जारी होला भन्ने जनअपेक्षा पूरा हुने सम्भावना नदेखिएको र नेताहरू आआफ्ना स्वार्थमा नै रुमल्लिएको बताउँदै स्रष्टाहरूले सिर्जनाका माध्यमबाट दबाब दिनुपर्ने आवश्यकता बोध गरी विशेषगोष्ठी आयोजना गरिएको जानकारी दिए ।




भर्खरै