१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी कपी गरिन्छ नेपाली चलचित्रका पोष्टरहरु (फोटोफिचर सहित)



अ+ अ-

हलीउड र बलीउडका चलचित्रहरुको नक्कल गर्नु नै नेपाली चलचित्रहरुले राम्रो दर्शक नपाउनुको मुख्य कारणको रुपमा लिइन्छ । बलीउडका चलचित्रहरुको भाषमा पनि धेरै समानता हुनाले र छिमेकी देश हुनुले पनि हलीउडको भन्दा बढी प्रभाब रहने गरेको छ । बिश्वमै आफ्नो प्रभाब पार्न सफल बलीउड सिने उद्दोगबाट केही प्रभाबित हुनुलाई त अन्यथा मान्न हुँदैन तर केहि नेपाली चलचित्रहरु भने हुबहु कपी गर्दा सिंगो नेपाली सिने उद्दोग बदनाम हुने गरेको छ । अझ कतिपय चलचित्र हरुले त आफ्नो पोष्टर नै हुबहु कपी गरेर आलोचित हुने गरेका छन् । यहां यस्तै केहि नेपाली चलचित्रका पोष्टरहरु प्रस्तुत गरिएको छ जुन चलचित्रले हुबहु बलीउडका चलचित्रका पोष्टरहरुको नक्क्ल गरिएको छ ।

नेपाली चलचित्रले मात्र होइन, बलिउडले पनि चोरीको अवधारणाले निकै चलचित्रहरु बनाउने गर्दछन् । पछिल्लो समयमा धेरै चलचित्रहरु या त हलिउडको रिमेक हुने गर्दछ अथवा साउथ इन्डियन चलचित्रहरुको कथावस्तु चोरिन्छ । चलचित्रका यी कथावस्तुहरुलाई चोर्ने चलन सिर्फ कहानी र तस्बिरहरु सम्ममा मात्र सिमित नभइकन पोष्टरहरुसम्म पुगेको छ । बलीउडका कुन कुन चलचित्रका तस्बिरहरु कहाँबाट चोरी भएका छन् भन्ने रिपोर्ट भने आगामी दिनहरुमा सार्वजनिक गर्ने प्रतिबद्धताका साथ अहिले हेरौं केहि नेपाली चलचित्रका पोष्टरहरु जुन हलीउड र बलीउडका चलचित्रका पोष्टरहरुको हुबहु कपी गरिएका छन् ।