२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलीउड चलचित्र ‘यारा’को निर्माण युनिट नेपालमा



अ+ अ-

बलीउड चलचित्र ‘यारा’को निर्माण टोली ४ दिनको छायांकनका लागि नेपाल आएको छ । चलचित्रका मुख्य कलाकार श्रुती हसन, इरफान खान, विद्युत सहितको ६२ जनाको टोली नेपाल आएको हो । उनीहरु यतिबेला काठमाण्डौको र्याडिसन होटलमा बसिरहेका छन् । दिकपाल सुतलियाको निर्देशनमा बन्न लागेको यो चलचित्रमा महिपाल सिंह राठोरको लगानी छ । चलचित्रको छायांकन पाटन दरबार र नगरकोटमा हुनेछ । नेपालबाट पनि केही कलाकारले काम गर्ने बताइएको यस चलचित्रमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, महासचिव अनन्त तिमिल्सिना लगातका टोली आवद्ध छन् ।

पछिल्लो समय बलीउडका चलचित्रहरुको शुटिङ नेपालमा गर्ने क्रम बढ्दो छ । सुटिङ गर्नेदेखि बिभिन्न कार्यक्रममा सहभागी हुन बलिउड चलचित्रकर्मी नेपाल आईरहेका छन् । केही महिना अगाडी मात्र भारतका चर्चित अभिनेता अक्षय कुमारले अभिनय गरेको चलचित्र बेबीको छायांकन नेपालमा भएको थियो भने नायक आमिर खान एक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए । त्यस्तै यसै महिनाको अन्त्यमा भारतका चर्चित कमेडियन कपिल शर्मा र मेलोडी गायक सोनु निगम नेपालको एक संगीतिक कार्यक्रममा सहभागि हुनेछन् ।