३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

गायनबाट अभिनयतर्फ समीर

गायनबाट अभिनयतर्फ समीर
अ+ अ-

काठमाडौँ । युवापुस्ता माझ आफ्ना सङ्गीत र गायनका कारण चर्चामा रहनुभएका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गर्नुभएको छ ।

आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गर्नुभएका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’मार्फत अभिनय यात्राको सुरुआत गर्दै हुनहुन्छ । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले अभिनेता बने पनि गायन र सङ्गीतलाई नछाड्ने बताउनुभयो । “मेरो पहिचान गायनले दिएकाले त्यसलाई छाड्ने वा रोक्ने भन्ने नै छैन । मेरो सक्रियता अभिनयमा पनि हुन्छ, तर गायन मेरो मुख्य पेसा हो । मलाई गायनमा झैँ अभिनयमा पनि माया गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु”, गायक श्रेष्ठले भन्नुभयो ।

सुदिप्ताले निर्देशन गर्नुभएको उक्त चलचित्रमा गायक श्रेष्ठसँगै आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ ।

पछिल्लो समय निर्माण भइरहेका भन्दा फरक विषय र प्रस्तुतिकरण भएकाले नयाँ पुस्तालाई यो चलचित्रले आकर्षण गर्ने वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ अनुहारलाई लिएर तयार गरिएकाले पनि यो चलचित्र युवापुस्ताका लागि नयाँपन दिने बन्नसक्छ । यसको विषय र प्रस्तुतिकरणले विशेषतः युवापुस्तालाई चलचित्र भवनसम्म ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।”

उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।